नेप्से परिसूचक घट्ने क्रम जारी, सूचकसँगै कारोबार रकममा पनि गिरावट

Nov 19, 2018 Merolagani

शेयर बजार ओरालो लाग्ने क्रमले तेश्रो दिन सोमबार पनि निरन्तरता पाएको छ। साताकाे पहिलाे दिन आइतबार ९.५६ अंकको गिरावट आएको बजार सोमबार पनि ५.९० अंकले घटेको छ । गत विहीबार पनि ३.८७ अंकले सूचक घटेको थियो ।

अनलाईन कारोबार प्रणालीप्रतिकाे असन्तुष्टि तथा सूचीकृत कम्पनीको लाभांश तथा कम्पनीको प्रथम त्रैमासिक वित्तीय विवरणले समेत बजारमा लगानीकर्तालाई आकर्षण गर्न नसक्दा सूचक घट्ने क्रम राेकिन सकेको छैन।

अर्कोतर्फ बैंकर्स संघको बैठकले समेत ब्याजदरको विषयमा निर्णय लिन नसक्दा लगानीकर्ताको मनोविज्ञान बजारमैत्री बन्न सकेको छैन ।

सोमबार कारोबारमा आएका नौं उप समूहमध्ये वित्त र अन्यको इन्डेक्स मात्र सकारात्मक रहेका छन् ।

लाइफ इन्स्योरेन्स, हाइड्रोपावर, होटल, र निर्जीबन बीमाको इन्डेक्स दोहोरो अंकले ऋणात्मक बनेका छन् । लघुवित्त, बैंकिङ्ग, र विकास बैंकको इक्डेक्स पनि सामान्य घटेका छन् ।

सोमबारको बजारमा नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकममा पनि घटेको छ । साताको पहिलो दिन आइतबार ३३ करोडको कारोबार भएकोमा सोमबार २१ करोड २९ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

यसदिन १४८ कम्पनीको ७ लाख ९ हजार ३७९ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसमध्ये नेपाल बैंकको एक लाख दुई हजार ८८९ कित्ता शेयर तीन करोड तीन लाख रुपैयाँ बढीको कारोबार भएको छ । प्रभु बैंक र नेपाल टेलिकमको पनि एक करोड बढीको शेयर किनबेच भयो ।

एनआइसी एशिया, सिभल , कुमारी, जनता, मुक्तीनाथ विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंक शिर्ष कारोबार हुने १० कम्पनीमा परेका छन् । दशौं ठूलो कारोबार भएको मितेरीको ३९ लाख ७६ हजारको शेयर कारोबार भएको छ ।

काराेबारमा अाएका १४८ कम्पनीमध्ये ३५ कम्पनीकाे शेयरमूल्य बढेकाे छ । ९८ कम्पनीकाे शेयरमूल्य घट्दा १५ कम्पनीकाे शेयरमूल्य स्थिर रह्याे । 

सोमबारको घट्दो बजारमा पनि मेरो माइक्रोफाइनान्सका शेयरधनीले ३.७१ प्रतिशतले नाफा कमाएका छन् , लघुवित्तले हकप्रदबाट पूँजी विस्तार गर्न बिक्री प्रबन्धकसँग सम्झौता गरेका कारण यस कम्पनीको शेयरमूल्य बढेको हो ।

गुहेश्वरी मर्चेन्ट, एनआइबिएल समृद्धि फण्ड १ र जनउत्थान लघुवित्तका शेयरधनीले पनि २ प्रतिशत बढीले नाफा आर्जन गरेका छन् ।

उता संस्थापक शेयरमा मूल्य समायोजन गरेको नेप्सेले सोमबार समायोजनपूर्वको नै मूल्यमा शेयर कारोबार सुरु गरेपछि एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्यमा ऋणात्मक सर्मिट लागेको छ । इन्स्योरेन्सको शेयर प्रतिकित्ता १०५ रुपैयाँले घटेर ९४५ रुपैयाँमा झरेको छ ।

समता माइक्रोफाइनान्स र अरुण काबेली पावरको शेयरधनीले सोमबारको बजारमा ६ प्रतिशतले बढीले गुमाएका छन् । गुरासँ लाइफ, नेपाल ग्रामिण लघुवित्त, नेपाल सेवा लघुवित्त, मिर्मिरे लघुवित्त र समीट माइक्रोफाइनान्सको पनि गुमाउने सूचीमा समेटिएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।