नयाँ जीवन बीमा कम्पनीहरुद्धारा एक अर्ब ३५ करोड खुद बीमा शुल्क अार्जन,युनियन लाइफकाे अग्रता

Nov 20, 2018 Merolagani

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्ष सञ्चालनमा आएका नौं वटा जीवन बीमा कम्पनीहरुले एक अर्ब ३५ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्। यसमा सबैभन्दा धेरै २०७४ असोज ६ गतेदेखि व्यवसायिक कारोबार सुरु गरेको युनियन लाइफको ३९ करोड १४ लाख रुपैयाँ योगदान छ ।

यस्तै सबैभन्दा कम गत मंसिर २८ गते देखि व्यवसायिक कारोबार सुरुवात गरेको प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । प्रभु लाइफले ६ करोड ४ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको छ । 

खुद बीमा शुल्क आर्जनको आधारमा युनियनपछि रिलायवल लाइफ इन्स्योरेन्स रहेको छ। रिलायवलले यस अवधिमा २२ करोड २१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यस्तै सिटिजन लाइफ, सन नेपाल लाइफ, ज्योति लाइफ र आइएमई लाइफको खुद बीमा शुल्क १० करोड रुपैयाँ भन्दा बढी छ ।

यसै गरी रिलायवल लाइफले ९ करोड ६५ लाख, सानिमा लाइफले ६ करोड ५८ लाख र प्रभु लाइफले ६ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो ।

खुद नाफा

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यि कम्पनीहरु मध्ये रिलायवल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । २२ करोड २१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको रिलायवलले लगानी कर्जा तथा अन्य आयवाट ४ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको हो ।

यस्तै सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गरेको युनियन लाइफले ३ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ । युनियनले लगानी कर्जा तथा अन्य आयबाट एक करोड ५३ लाख रुपैयाँ र बीमालेख धितोमा ७ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेर १९ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको हो ।

यसै गरी सन नेपाल लाइफ, आइएमई लाइफ र ज्योति लाइफले तीन करोड रुपैयाँ, सानिमा लाइफ र सिटिजन लाइफले दूई करोड रुपैयाँको हराहरीमा खुद नाफा आर्जन गरेको छ । यस्तै रिलायन्स लाइफले १ करोड ७० लाख रुपैयाँ र प्रभु लाइफले १ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

प्रायजसो कम्पनीहरुले लगानी कर्जा तथा अन्य स्रोतबाट आम्दानी भएको वित्तीय विवरण प्रस्तुत गरेका छन् ।

हाल नौं कम्पनीको कुल १३ अर्ब २६ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी छ । बीमा समितिको निर्देशन अनुसार प्रत्येक कम्पनीले न्युनतम २ अर्बका दरले न्यूनतम १८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने हुन्छ ।

त्यसको लागि यस कम्पनीहरुले ५ अर्ब ६८ करोड ५० लाख रुपैयाँ बराबरको आर्इपिओ निष्काशन गर्नेछन् । आर्इपिओ निष्काशन पश्चात यी कम्पनीकाे चुक्त्ता पूँजी १८ अर्ब ९५ कराेड रूपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।