अध्यक्ष कार्लाेस पक्राउ परेपछि निशान र मित्सुबिसीको शेयरमा गिरावट

Nov 20, 2018 Merolagani

जापानको कार कम्पनी निसान मोटरका चेयरमेन कार्लाेस घोस्न पक्राउ परेपछि निसान र मित्सुबिसीको शेयर मूल्यमा गिरावट आएको छ । आफ्नो आम्दानी लुकाएको र जापानको वित्तिय कानुनको उल्लघंन गरेको आरोपमा कार्लाेसलाई सोमबार पक्राउ गरिएको हो ।

उनले आफ्नो आम्दानी वास्तविक भन्दा कम रहेको बताउदै आएको बताइएको छ ।

५ बर्षको अवधिमा उनको आम्दानी ५ अर्ब यान अर्थात् ४४.४ मिलियन डलर भएको आरोप लागेको छ । साथै उनले कम्पनीको सम्पत्ति आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको आरोप लागेको छ ।

कार्लाेसले जापानी–फ्रेन्च गठबन्धनको रिनाउल्ट–निसान–मित्सुबिसीको प्रमुखको रुपमा कार्यभार सम्हाल्दै आएका थिए ।

कार्लाेस जापानको टप कार्यकारीका रुपमा पनि चिनिन्छन् । उनले निसानलाई कंगाल हुनबाट बचाएका थिए । सन् १९९९ मा फ्रान्सको अटो कम्पनी रेनोले निसानको नियन्त्रक हिस्सेदारी खरिद गरेको थियो । त्यसपछि कार्लाेस निसानसँग जोडिएका हुन् र सन् २००१ मा उनी कम्पनीको सीईओ बनेका थिए ।

निसान र मित्सुबिसी दुवैले उनलाई कम्पनीको अध्यक्ष पदबाट हटाउने तयारी गरिरहेको बताएका छन् । रिनाउल्टको बोर्डले पनि कार्लाेसको भविष्य निर्धारण गर्नका लागि मिटिङ बस्ने बताइएको छ ।

मध्य दिनको कारोबारमा निसानको शेयर मूल्यमा ४ प्रतिशत र मित्सुबिसीको शेयरमा ७ प्रतिशत भन्दा बढीको गिरावट आएको छ ।

सोमाबार राती अबेर भएको पत्रकार सम्मेलनमा निसानले गलत गरेको विषयमा जानकारी आएपछि आन्तरिक अनुसन्धान गर्नुपर्ने अवस्थाको सिर्जना भएको जनाएको छ ।

कम्पनीका अर्का एक डाइरेक्टर ग्रेग क्याली माथि पनि यस्तै आरोप लागेको छ । उनलाई पनि पदबाट हटाइने बताइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।