स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले अर्को साताबाट शेयरबजारका लगानीकर्ता आफै अनलाइन कारोबारमा संलग्न हुन पाउने जानकारी दिए ।
यो साताभर अनलाइन कारोबार प्रणालीमा देखिएका समस्याहरु समाधान भईसक्ने र अर्को साताबाट लगानीकर्तालाई प्रत्यक्ष रुपमा संलग्न गराइने तयारी भईरहेको उनले जानकारी दिए ।
'कुन दिनदेखि सुरु गर्ने भन्नेमा अहिले निर्णय भईसकेको छैन् , शुक्रबार नेप्सेसँग छलफल गरेर मिति तय गरिने छ ।' उनले भने । यसबीचमा अहिले अनलाइन कारोबारमा देखिएका समस्याहरु समेत सुल्झने विश्वास ब्यक्त गरे ।
अनलाइन कारोबार बारे ब्रोकर र लगानीकर्तालाई नेप्सेले गर्यो यस्तो आग्रह
अनलाइन कारोबार गर्न के गर्नुपर्छ लगानीकर्ताले ?
शेयर बजारका लगानीकर्ताले प्रत्यक्ष रुपमा अनलाइन कारोबारमा सहभागि हुन सबैभन्दा पहिला आफ्नो केवाइसी अपडेट गर्नुपर्छ । पुरानो कारोबार प्रणाली सिटिएस) मा विवरण अपडेट गराए पछि मात्र लगानीकर्ताले युजर र पासर्वोड प्राप्त गर्नेछन् ।
त्यसको प्रयोगबाट लगानीकर्ता आफै अनलाइन कारोबारमा सहभागि हुन पाउँछन् । तर त्यो भन्दा अगाडि लगानीकर्ता र ब्रोकरबीच अनलाइन कारोबार सम्बन्धिको सम्झौता गर्नुपर्ने रानाभाटले जानकारी गराए ।
अनलाइन कारोबार गर्न लगानीकर्ताले अपनाउनुपर्ने शर्तहरु यस्ता छन्
अनलाइन शेयर खरिद बिक्री गर्दा हुन सक्ने जोखिम व्यवस्थापन र शेयर खरिद बिक्रीको प्रक्रियालाई अझ व्यवस्थित बनाउन धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को उपनियम १० सँग सम्वन्धित विनियमावलीको आधारमा ब्रोकर र लगानीकर्ताबीच सम्झौता हुनुपर्नेछ ।