जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गर्दा हुसेनमाथि गोली प्रहार भएको हो । घटनास्थलबाट तीन गोलीको खोका बरामद गरिएको छ ।
अहिले हुसेनका समर्थकले दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै कोशी राजमार्ग तथा दुहबीबजार ठप्प पारेका छन् । घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।
मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नं ३ का सभापति मेहदी हुसेनका भाइ हुन् । केही दिन अगाडि सुनसरीको रामनगर भुटाहाका खुर्सीद अन्सारीको समेत भारतबाट आएको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।