सानिमा बैंकले तोक्यो बुकक्लोज, कहिलेसम्म कायम शेयरधनीले पाउँछन् १४ प्रतिशत नगद लाभांश ?

Nov 21, 2018 Merolagani

सानिमा बैंक (SANIMA) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १४ प्रतिशत नगद लाभांशका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको छ ।

बैंकले नगद लाभांश र साधारण सभा प्रयोजनको लागि मंसिर १४ गते शुक्रबार बुक क्लोज गर्ने जनाएको छ ।

यसअनुसार मंसिर १३ गते बिहीबारसम्म कायम रहने शेयरधनीले नगद लाभांश प्राप्त गर्न र बैंकको आगामी वार्षिक साधारण सभामा सहभागिता जनाउन पाउनेछन् । 

मंसिर ४ गते सम्पन्न बैंक सञ्चालक समितिको निर्णय अनुसार बैंकले मंसिर २७ गते हुने १४ अाैं साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तोकेको हो ।

सााधारण सभामा बैंकले १४ प्रतिशत अर्थात एक अर्ब १२ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्दैछ ।

चालू अार्थिक वर्षकाे प्रथम त्रैमासिक प्रतिवेदन अनुसार बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ छ। तीन महिना अवधिमा ५१ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।  बैंकको वार्षिक प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४५ पैसा छ ।

बैंकले गत वर्ष यसै अवधिमा ३७ करोड ५० लाख खुद नाफा गरेकोमा १४ करोड ३८ लाखले मुनाफा बढाएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।