अनलाईन कारोबारको कार्यतालिका सार्वजनिक, के छ नेप्सेको तयारी ?

Nov 27, 2018 Merolagani

नेपाल स्टक एक्चेञ्जले अनलाईन कारोबार प्रणाली प्रभावकारी बनाउन कार्यतालिका सार्वजनिक गरेका छन् । गत कार्तिक २० गते देखि संचालनमा ल्याएको अनलाइन कारोबार प्रणाली प्रभावकारी नभएको भन्दै लगानीकर्ताहरुले सोमबार नेप्सेमा धर्ना दिएपछि नेप्सले कार्यतालिका सार्वजनिक गरेको हो ।

शेयर बजारका अन्दोलित लगानीकर्ताहरुलाई नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मौखिक जवाफ दिएका थिए । तर पनि लगानीकर्ताहरु विश्वस्त नभएपछि नेप्सेले प्रेस विज्ञप्ती नै जारी गरी कार्यतालिका सार्वजनिक गरेको हो ।

अनलाईन कारोबार प्रणलीलाई सहज बनाउन चरण बद्धरुपमा कार्यतालिका सार्वजनिक गरेको नेप्सेको दाबी छ ।

नेप्सेले कार्यतालिका अनुसार मंसिर १६ गते अनलाईन कारोबार प्रणालीमा कारोबार गर्ने तरिका सिक्नका लागि लगानीकर्तालाई युजर नेम र पासवर्ड उपलब्ध गराउनेछ ।

त्यसपछि मंसिर २३ गते लगानीकर्तावाट प्राप्त हुने उचित सुझावहरुलाई समेत टिएमएसमा समावेश गरी धितोपत्र दलालसंग सम्झौता गरेका लगानीकर्तालाई युजर नेम र पासवर्ड उपलब्ध गराउने नेप्सेले जनाएको छ ।

यस्तै पौष १७ गते देखि ब्रोकर कम्पनीसंग सम्झौता भएका लगानीकर्ताहरुलाई युजर नेम र पासवर्ड उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएर सम्पुर्ण प्रयोगकर्तालाई अनलाईन कारोबार प्रणाली खुल्ला गरिने छ ।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघको आह्वानमा लगानीकर्ता संघर्षमा उत्रिएका थिए ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।