सरकारी पैसा आएपछि सीसीडीको दबाब घट्ने बैंकर्स संघको विश्वास

Nov 28, 2018 Merolagani

अर्को साता सरकारी कोषको रकम वाणिज्य बैंकहरुले चलाउन पाउने भएपछि बैंकहरु उत्साहित भएका छन्। तरलता संकट समाधानका लागि आवश्यक रणनीति तय गर्न भनेर डाकिएको नेपाल बैंकर्स संघको बुधवारको बैठकले अर्को सातासम्म तरलताको समस्या समाधान हुने निष्कर्ष समेत निकालेको छ ।

बैठकमा कुनै नयाँ एजेण्डाले प्रवेश नपाए पनि सरकारले स्थानीय निकायमा बजेट पठाएको रकम निक्षेपका रुपमा परिचालन गर्न पाउने हुँदा लगानी योग्य रकम अभावको समस्या समाधान हुने बिषयमा छलफल गरिएको थियो ।

बैठकले यस अधि नै निर्धारण गरेको बचत र मुद्धतीको व्याजदरलाई निरन्तरता दिने भएको छ । संघले बचतमा सात र मुद्धतीमा १० प्रतिशत व्याज दिने सहमति गरेको थियो।

आगामी साधारणसभामा आवश्यक निर्णय गर्ने गरी बैठक सकिएको एक वाणिज्य बैंकका प्रमुख कार्यकारीले जानकारी दिए । मंसिर २० गते बैंकर्स संघको साधारण सभा हुँदैछ।

 

सरकारले तरतला संकट समाधानका लागि स्थानीय निकायमा जम्मा भएको सरकारी पैसाको पचास प्रतिशत रकम वाणिज्य बैंकहरुलाई चलाउन दिने निर्णय गरिसकेको छ ।

सरकारको निर्देशनपछि वाणिज्य बैंकमा रहेको स्थानीय निकायको 'ग' वर्गमा रहेको खाताको ५० प्रतिशत रकम वाणिज्य बैंकले अर्को हप्तासम्म चलाउन सक्नेछन् । यसो भए करिब ३५ अर्ब रुपैयाँ बैंकहरुको खातामा आउने छ ।

तरतलाको संकट गहिरिएपछि अर्थमन्त्रालयले राष्ट्र बैंकलाई, राष्ट्र बैंकले बैंकहरुलाई र बैंकर्स संघले अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई आरोप लगाउँदै आएका थिए ।

सरकारी पैसा वाणिज्य बैंकले चलाउन पाए लगानी योग्य रकम अभावको समस्या अल्पकालीन समाधान हुने विश्वास गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।