बुद्धभूमी हाइड्रोले डाक्याे पुस १३ गते एघारौं वार्षिक साधारण सभा

Dec 07, 2018 Merolagani

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHCL) ले आगामी पुस १३ गते कम्पनीको एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले एलिस रिसिप्सन्स् गैरिधारा बालुवाटारमा बेलुका ४ बजे सभा डाकेको हो।

हाइड्रोपावरको साधारण सभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्ने, र आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा रहेको छ । 

कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित दरको १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न सिभिल क्यापिटललाई बिक्री प्रवन्धक नियुक्ति गरेको छ ।

कम्पनीले १२ लाख कित्ता शेयरमध्ये ४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रहेको छ र उक्त शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ ।

उक्त आयोजना नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका समुन्द्रटार स्थित तादी खोलामा रहेको छ । ५ मेगावाट क्षमताको उक्त आयोजनाको हालसम्म ५० प्रतिशत निर्माण कार्यसम्पन्न भइसकेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।