बैकर्स संघको कार्य समितिमा तीन नयाँ सदस्य निर्विरोध निर्वाचित

Dec 07, 2018 Merolagani

बैंकर्स संघको कार्य समिति सदस्यमा तीन बैंकका प्रमुख कार्यकारी अधिकृत निर्विरोध निर्वाचित भएका छन्। संघको ३२ औ वार्षिक साधारण सभाबाट सिभिल बैंकका गोबिन्द गुरुङ्ग, ग्लोबल आइएमई बैंकका जनक शर्मा पौडेल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सदस्य निर्वाचित भएका हुन् ।

समितिको खालि रहेको सदस्यमा तीन जनाको मात्र उमेद्धावरि परेको थियो । संघको साधारण सभाले तीनै जना बैंकरलाई नै समितिको सदस्यमा मनोनित गरेको छ ।

 

उक्त निर्वाचन पश्चात संघको कार्यकारिणी समितिको अध्यक्षमा नेपाल बङ्गलादेश बैंकका सिईओ ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको निरन्तरता दिएका छन् भने निवर्तमान अध्यक्षमा नविल बैंकका सिइओ अनिल केशरी शाह रहेका छन् ।

समितिको उपाध्यक्षमा नेपाल एसेबिआई बैंकका सिईओ अनुकुुल भट्नागरको नै निरन्तरता रहेको संघले जानकारी गराएको छ ।

त्यसैगरी समितिको सदस्यमा प्रभु बैंकका अशोक शेरचन, नेपाल इनभेष्टमेन्ट बैंक ज्योती प्रकाश पाण्डे, कृषि विकास बैंकका लिला प्रकाश सिटौला, एन.सि.सि बैंकका रमेश राज अर्याल र नव निर्वाचित सदस्यहरु रहेका छन् ।

संघको सल्लाहकारमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर ज.ब. राणा छन् ।

संघले एभरेष्ट बैंकका अध्यक्ष बि.के. श्रेष्ठलाई सम्मान गरेको छ । विगत २६ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै श्रेष्ठलाई सम्मान गरेको संघले बताएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।