राष्ट्रिय वाणिज्य बैंक र टिच फर नेपाल बीच सम्झौता

Dec 07, 2018 Merolagani

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र टिच फर नेपाल बीच सामुदायिक विद्यालयका स्वयम सेवक शिक्षकहरुको व्यवस्थापनको लागि १० लाख रुपैंया आर्थिक सहयोग गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनालले हस्ताक्षर गरे ।


समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक, सामाजिक तथा मानविय क्षेत्रमा सहयोग गरिरहेको र भविश्यमा थप सहयोग गर्दै जाने बताए । 

त्यसैगरी टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनालले संस्थाको उद्धेश्य तथा गरेका कार्यहरुका बारेमा प्रकाश पारे ।

टिच फर नेपाल संस्थाले दाङ्ग, लमजुङ्ग, पर्सा, धनुषा, ललितपुर र सिन्धुपाल्चोक जिल्लामा रहेका ५१ वटा सामुदायिक विद्यालयका ११० स्वयम सेवक शिक्षक मार्फत १० हजार विद्यार्थीहरुलाई अध्यापन गराई शैक्षिक गुणस्तर बृद्धिका लागि कार्य गरिरहेको छ ।

बैंकको हाल ७४ जिल्लामा २०८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । बैंकको हाल १ खर्व ७५ अर्व रुपैंया निक्षेप संकलन र १ खर्व २४ अर्व रुपैंया कर्जा लगानी रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।