सयपत्री हाइड्रोपावरलाई खराब रेटिङ्ग, नौं करोडको आईपिओ निष्काशन गर्दै

Dec 08, 2018 Merolagani

सयपत्री हाइड्रोपावरले खराव रेटिङ पाएको छ । केयर रेटिङ नेपालले कम्पनीलाई सबैभन्दा खराव रेटिङ ’केयर एनपि आइपिओ ग्रेड ५’ दिएको हो । यसले कम्पनीको वित्तीय अवस्था तथा कम्पनीले प्रदान गर्ने प्रतिफल सबैभन्दा कमजोर रहेको जनाउछ ।

कम्पनीले प्रभावित सहित सर्वसाधारणको लागि ९ लाख कित्ता शयेर निष्काशन गर्न रेटिङ गराएको हो ।

गत साउन २३ गते कम्पनीले प्रभावित क्षेत्रका लागि जारी पूँजीको १० प्रतिशत अर्थात तीन करोड रुपैयाँको आइपिओ निष्काशन गर्ने धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस्तै कम्पनीले दोस्रो बार्षिक साधारण सभामा अनुमोदन गराएर सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागिएको छ ।

हाइड्रोपावरले बाग्लुङ्गमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि पहिलो बार्षिक साधारण सभाबाट शेयर निष्कशन गर्ने प्रस्ताब अनुमोदन भैसकेको छ ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र बाग्लुङ्गका बासिन्दाहरुका लागि जारी पूँजीको १० प्रतिशत र दोस्रो बार्षिक साधारण सभाबाट गराएर २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ । हाल कम्पनीको जारी पूँजी ३० करोड रूपैयाँ छ ।

कम्पनीले बाग्लुङ्गमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । जसले ०७३ असारदेखि उत्पादन समेत थालिसकेको छ । आयोजनाको बिजुली उत्पादन गर्ने क्षमता वार्षिक १३.४८ गिगावाट रहेको कम्पनीको दाबी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।