“यो वर्षको नोभेम्बरमा चिनियाँ समानको अमेरिका निर्यात दरमा ९.८ प्रतिशतले वृद्धि देखिएको छ भने आयातमा २५ प्रतिशतको गिरावट आएको छ,” तथ्याङ्कमा भनिएको छ ।
अमेरिकासँगको व्यापारबाट भएको नाफा यसै वर्षको अक्टोबरमा ३१ अर्ब ८० करोड डलर देखिएको थियो । चीन–अमेरिकाबीच देखिएको व्यापार विवादका कारण अमेरिकाले चिनियाँ सामानमाथि अतिरिक्त कर वृद्धि गरेको भएपनि व्यापारमा यसको प्रभाव अपेक्षा गरिएभन्दा अझ सकारात्मक देखिएको चीनको दाबी छ ।
सन् २०१८ को ११ महिनामा चीनको अमेरिकासँगको व्यापार नाफा २ खर्ब ९३ अर्ब ५० करोड डलर रहेको र अघिल्लो बर्षको सोही अवधिमा व्यापार नाफा दुई खर्ब ५१ अर्ब ३० करोड रहेको चिनियाँ अधिकारीले दाबी गरेका छन् ।