हुवावेकी उपप्रमुख मेंगमाथि धोकाधडीको आरोप, ३० बर्षको जेल सजाय हुनसक्ने

Dec 09, 2018 Merolagani

चिनियाँ मोबाइल कम्पनी हुवावेकी उपप्रमुख मेंग वानजाउ ले वित्तिय धोकाधडीको आरोपको सामना गर्नुपर्ने देखिएको छ । इरानमाथि अमेरिका र यूरोपेली देशहरुले लगाएको प्रतिबन्धको उल्लंघन गरेर वित्तिय संस्थालाई धोकामा राख्ने षडयन्त्र रचेको भन्दै अमेरिकाले मेंगमाथि धोकाधडीको अभियोग लगाउने तयारी गरिरहेको छ ।

क्यानडाले यदि मेंगको मुद्दा अमेरिका अभियोक्ताहरु समक्ष प्रत्यर्पण गरेमा उनलाई ३० बर्षसम्मको सजाय हुनसक्ने बताइएको छ । साथै उनले अमेरिकामा षडयन्त्र रचेर वित्तिय संस्थानसँग धोकाधडी गरेको आरोपको सामना गर्नुपर्ने निश्चित छ ।

अमेरिकी वकिलका अनुसार मेंगले ईरानको कम्पनीसँग हुवावेको काराबार लुकाएकी छन्, जबकि ईरानमाथि अमेरिकी प्रतिबन्ध लागू थियो । अमेरिकाले प्रतिबन्धको सूचीमा राखेको कम्पनीसँग हुवावेको सम्बन्ध गलत तरिकाले व्याख्या गरेको प्रमाण समेत देखाइएको थियो ।

मेंगका विरुद्ध क्यानडामा २२ अगस्टदेखि नै पक्राउ आदेश जारी भइसकेको थियो । शुक्रबार भएको मेंगको जमानत अर्जीमाथि सुनुवाईका क्रममा उक्त कुरा सार्वजनिक भएको हो । आगामी सुनुवाई सोमबार हुने बताइएको छ ।

अमेरिका र चीनका बीचमा बढ्नसक्छ दूरी

मैंगको गिरफ्तारी अघिल्लो शनिबार भयो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति शी जिङपिङ अर्जेन्टिनामा भएको जी–२० सम्मेलनका क्रममा भेटवार्ता गरिरहेका थिए ।

यसै क्रममा दुई देशका बीचमा चलिरहेको ट्रेड वार ९० दिनका लागि स्थगित गरिएको थियो ।
मेंग पक्राउ परेसँगै अमेरिका–चीन व्यापार वार्ता के होला भन्ने चिन्ताले पनि यस मामिलालाई विश्वभरबाट विशेष चासोको रुपमा हेरिएको छ ।

बिहीबार मैंगको गिरफ्तारीको खबर सार्वजनिक भएसँगै चीनले त्यसमाथि आपत्ति जनाउँदै तुरुन्तै मेंगको रिहाईको माग गरेको थियो । उता अमेरिकी अधिकारीहरुले भने मेंगको गिरफ्तारीका बारेमा ट्रम्पलाई जानकारी नभएको बताएका छन् । तर चीनले भने यो केही मिनट पहिलेको निर्णय नभई पहिलेदेखि कै योजनाबद्ध पक्राउ भएको बताएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।