बुटवल पावरले २८ प्रतिशत लाभांश वितरण गर्ने, बोनस कति ?

Dec 09, 2018 Merolagani

बुटवल पावर कम्पनी (BPCL) ले २८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफवाट चुक्ता पूँजीको १० प्रतिशत बोनश र १८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

गत वर्ष कम्पनीले २० प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो ।

कम्पनी सञ्चालक समितिको मंसिर २१ गते बसेको बैठकलले २६ वार्षिक साधारण सभामा लाभांश पेश गर्ने निर्णय पनि गरेको छ । बैठकले पुस २७ गते बिहान १० बजे कार्की ब्यङक्वेट, बबरमहल, काठमाडौंमा हुने जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर ६ गते देखि २७ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुरुप पुस ५ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछ ।

गत आर्थिक वर्षमा ७१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको चुक्ता पूँजी २ अर्ब २१ करोड रुपैयाँ  छ ।१० प्रतिशत बोनशपछि २ अर्ब ४३ करोड रुपैयाँ नाघ्नेछ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६८ पैसा, प्रतिशेयर नेटवर्थ २९८ रुपैयाँ ११ पैसा र पिई रेसियो १०१.९२ गुणा बढी छ । कम्पनीकाे वार्षिक प्रतिशेयर आम्दानी १८ रूपैयाँ ७२ पैसा छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।