शेयर लगानीकर्ताकाे आन्दोलनमा राजनीति घुस्याे

Dec 09, 2018 Merolagani

शेयर बजार सुधार र विस्तारका लागि विभिन्न माग राख्दै आइतबारबाट लगानीकर्ताले गरेको आन्दोलनमा राजनीति घुसेको छ । दश बुदेँ माग सहित शेयर बजारका लगानीकर्ताले आइतबार देखि नेप्सेमा रिले अनशन सुरु गरेका छन् ।


शेयर लगानीकर्ता दबाब समूहले आफ्नो सम्पति सुरक्षा गर्न सरकार र नियमनकारी निकायहरुलाई दबाब दिन अनशन आयोजना गरेको बताएको छ । लगानीकर्ताको आन्दोलनलार्इ राष्ट्रिय जनता पार्टीले समर्थन जनाउने भन्दै आइतबार दिउँसो विज्ञप्ति प्रकाशित गरेको छ ।

राजपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'आफ्नो लगानीलार्इ सुरक्षित राख्न आन्दोलन र अनसन बस्नु पर्ने परिस्थिति दुर्भाग्यपूर्ण छ ।'

राजपाले पुँजी बजारलार्इ सामान्य पार्दै लगानीकर्ताको हितमा अबिलम्ब पहल गर्न सरकारकाे ध्यानfकर्षण गराएकाे छ । शेयर लगानीकर्ताको अनसनमा राजपाको समर्थन पहिलो राजनीतिक  सहभागिता हाे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।