सानिमा लाइफको ७० प्रतिशत बोनस ग्यारेन्टी सहितको योजना सार्वजनिक

Dec 09, 2018 Merolagani

सानिमा लाइफ इन्स्योरेन्स (SLI) ले आफ्नो स्थापनाकालको पहिलो वर्ष पूरा गरेको अवसरमा ७० प्रतिशत बोनस ग्यारेन्टी सहित नयाँ योजना सार्वजनिक गरेका छ ।

प्रतिहजार बीमाङ्कमा ७० प्रतिशत बोनस ग्यारेन्टी सहित नयाँ बीमा योजना "सानिमा जीवन श्री " सञ्चालक समितिका अध्यक्ष कुमार प्रसाद कोइरालाद्धारा सार्वजनिक गरिएको हो ।

 

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार ७० रुपैयाँ बोनसको ग्यारेन्टी सहित नयाँ जीवन बीमालेख योजनाको घोषणा गरेको हो । यस योजना अन्तर्गत इन्स्योरेन्सले नोक्सानको अवस्थामा समेत प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ बोनस प्रदान गर्ने जनाएको हो ।

यस योजनामा १६ वर्ष देखि ६० वर्ष उमेर सम्मका व्यक्तिहरुले न्यूनतम ५ लाख रुपैयाँ वा सो भन्दा बढी रकमको बीमा गर्न सकिन्छ । यस योजनाका लागि बीमा अवधि १०, १५, २०, २५ वर्ष र बीमा शुल्क भुक्तानी अवधि क्रमश: ६ , १० ,१५ , १८ निर्धारण गरिएको छ । बीमितले बोनस भने बीमा अवधि बराबरकै प्राप्त गर्ने इन्स्योरेन्सले जनाएको छ ।

यस योजनाले जीवन बीमाको क्षेत्रमा ग्राहकहरुका लागि उत्कृष्ट आर्थिक तथा बचत योजना सावित हुने कम्पनीको विश्वास छ ।

सानिमा लाइफ गैर आवासीय नेपालीहरुद्धारा प्रवद्धित संस्था हो । इन्स्योरेन्स कम्पनीले २०७४ साल कात्तिकमा बीमा समितिबाट इजाजत प्राप्त गरी गत मंसिर २२ गते देखि व्यवसायिक कारोबार शुरु गरेको थियो ।

एक वर्षको अवधिमा कम्पनीले कूल ७ हजार ३ सय ३२ बीमालेखबाट १९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

देशभरमा २५ शाखा कार्यालयहरु रहेको सानिमाले हालसम्म ८ ओटा बीमा योजनाहरु जारी गरेका छन् । कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब र चुक्ता पूँजी १ अर्ब ४० करोड रूपैयाँ छ ।

कम्पनी ६० करोड रुपैयाँ बराबरको सर्वसाधारणलाई आईपिओ जारी गर्ने तयारीमा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।