मंसिर २८ गतेदेखि नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो हुने

Dec 09, 2018 Merolagani

आगामी मंसिर २८ गतेदेखि (डिसेम्बर १४ देखि १६ सम्म) भृकुटी मण्डपमा तेस्रो नेपाल मेडिकल तथा ल्याब एक्सपो २०१८ आयोजना हुने भएको छ। आयोजक एस.डि. प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपालका अनुसार यो एक्सपो नेपालको स्वास्थ्य तथा ल्याब क्षेत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदान प्रदान गर्ने प्ल्याटफर्म हो।

नेपाल मेडिकल एसोसिएशन, एसोसिएशन अफ इन्डियन मेडिकल डिभाईस इन्डष्ट्री, ईईपिसी, द साइन्टिफिक इक्युपमेन्ट एण्ड फर्निचर एसोसिएशन, नेपाल एसोसिएशन अफ क्लिनीकल केमेस्ट्री तथा जर्मनीको हाईटेक इन्डष्ट्री एसोसिएशन स्पेक्ट्यारिसको सहयोगमा यो एक्सपो हुन लागेको हो।

नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको हो। यस अन्तर्राष्ट्रिय एक्सपोमा मेडिकल एण्ड सर्जिकल इक्युपमेन्ट, डायगनोस्टिक्स, मेडिकल डिस्पोजेबल्स, फर्निचर एण्ड इन्फास्ट्रक्चर, आइ.टी. सर्भिस प्रोभाइडर, मेडिकल वेस्ट म्यानेजमेन्ट, प्mयासिलिटी म्यानेजमेन्ट, कमप्लीट हस्पिटल प्रोडक्ट्स एण्ड सपोर्ट सर्भिसेस, ल्याब, एनालाईटिकल, साइन्टिफिक एण्ड बायोटेक्निकल इन्सट्रुमेन्ट्स एण्ड कन्ज्युमेबल्सको प्रदर्शनी हुनेछ। यसको उद्घाटन नेपालका स्वास्थ्यमन्त्री उपेन्द« यादवले गर्नेछन् ।

यो प्रदर्शनीमा २०० भन्दा बढि कम्पनीहरु र ५०० भन्दा बढि ब्राण्डहरुको उपस्थिती हुनेछ र यसमा दश मुलुकका अफिसरहरु, डाक्टरहरु, निति निमार्णकर्ता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुनेछन्। नेपालको स्वास्थ्य क्षेत्र तथा ल्याब प्रवधिलाई दु«तगति दिन यस एक्सपोले सहयोग पुर्याउने छ।

यसका साथसाथै नेपालका कम्पनीहरुलाई नयाँ प्रविधि भित्र्याउन र नेपालमै यस्ता उत्पादन गर्नसक्ने मौका यो एक्सपोले दिनेछ। आगन्तुकहरुले स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि हेर्न पाउनेछन्, जो विभिन्न अस्पताल, प्याथोलोजी ल्याब, अनुसन्धान केन्द«, फार्मास्यूटीकल्स, खाद्य उद्योग, विश्वविद्यालय, ल्याबहरु तथा आपुर्तीसंग सम्बन्धित पनि रहनेछन्।
एक्सपोका साथसाथै दुईवटा सम्मेलन पनि आयोजना गर्ने एस.डि. प्रोमोले जानकारी दिएको छ। पहिलो सम्मेलन १४ डिसेम्बरमा हुनेछ, जसमा यस उद्योगसंग सम्बन्धित विज्ञहरुले स्वास्थ्य क्षेत्र तथा ल्याब प्रविधिमा भएका विकासका बारेमा छलफल गर्नेछन्। यस सम्मेलनमा सम्बन्धित सरकारी, मेडिकल शिक्षा, संघसंस्थाहरु तथा आयोजकहरुसंग आबद्घ व्यक्तिहरुले स्वास्थ्य क्षेत्रमा दिगो विकासका उपायहरु माथि छलफल गर्नेछन्।
यसैगरी डिसेम्बर १५ मा “अस्पताल व्यवस्थापन” शाीर्षकमा अर्को सम्मेलन गरिनेछ जसमा अस्पताल व्यवस्थापन सम्बन्धि विभिन्न विषयमा प्रयोगात्मक उपायहरुको छलफल तथा उदाहरण दिइनेछ। यो दोस्रो सम्मेलनमा ४०० भन्दा बढि डाक्टरहरुको उपस्थिती रहनेछ।

यस इभेन्टले नेपालको स्वास्थ्य तथा ल्याब प्रविधिमा टेवा पुर्याउनेछ र नेपालका स्वास्थ्य क्षेत्रका कम्पनीहरुलाई विकासशील दिशातर्फ उन्मुख गर्ने र नयाँ सोच तथा अनुसन्धानका फाइदाहरुतर्फ अग्रसर गर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।