अनलाइन र अनशन थालेकै दिन अन्तिम समयमा नेप्सेमा दोहोरो अंकको सुधार

Dec 09, 2018 Merolagani

शेयर बजारका लगानीकर्ताले अनलाइन कारोबार प्रणाली मार्फत कारोबार र बजारको सुधारको माग गर्दै अनशन सुरु गरेकै दिन नेप्सेमा दोहोरो अंकको सुधार देखिएको छ । दिनभर जस्तो सामान्य रहेको बजार बन्द हुनु भन्दा केहि समय अगाडि एक्कासी बढेको हो ।

आइतबार नेप्से १०.८५ अंकले बढेर ११३१.७० अंकमा उक्लिएको छ। यसदिन १५५ कम्पनीका सात लाख १४ हजार ६१८ कित्ता शेयर २२ करोड ३७ लाख रुपैयाँमा बराबरमा किनबेच  भए । कारोबार रकम गत बिहीबारको तुलनामा १४ करोड ७२ लाख रुपैयाँले घटेको हो । बिहीबार ३७ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

गत बिहीबार २.७० को झिनो अंकले बढेर बन्द भएको बजार साताको पहिलो दिन आइतबार पनि १०.८५ अंकले बढेको हो । 

बजारमा सुधार आएसँगै परिसूचक ११३१.७० बिन्दुमा उक्लेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स पनि २.६८ अंक बढेर २४१.०२ अंकमा पुगेको छ ।

लगानीकर्ताले अनलाइन कारोबारमा सहभागि हुनका लागि ब्रोकरसँग धमाधम सम्झौता गरेर युजर नेम र पासवर्ड लिन थालेको छन् । ब्रोकरहरुले पनि आफ्ना ग्राहकलाई युजर नेम र पासवर्ड लिन बोलाउन थालेका छन् । गत साता नेप्सेले केहि लगानीकर्ताहरुलाई तालिम समेत दिएको थियो ।

आइतबार कारोबारमा आएका दश उप सूचकमध्ये आठ वटा सकारात्मक रह्यो भने दुई सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीको ३९.८९ अंकले सकारात्मक बनेको छ । यस्तै बैंकिङ्ग समुह १३.५१, विकास बैंक १२.०९ र जलविद्युत कम्पनी ११.१ अंकले बढ्यो ।

यस दिन सबै भन्दा धेरै उत्पादन तथा प्रशोधनको सुचक सबैभन्दा धेरै १०.०३ अंकले नकारात्मक रह्यो । यस्तै फाइनान्स पनि ०.२४ अंकले घटेको छ ।

आज नेपाल बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको २ करोड ७७ लाख रुपैयाँको बराबरको कारोबार भएको हो । यस्तै प्रभु बैंकको १ करोड ७२ लाख, एनएमबि बैंकको १ करोड ५० लाख र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भयो भने अन्य कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन ।

आइतबार र्मिमिरे लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी ५.६७ प्रतिशतले बढेको छ । बरुण हाइड्रोपावरका शेयरधनीले ५.६६ र एनआईसी एशिया बैंकको शेयरधनीहरुले पनि ५.०४ प्रतिशतले कमाएका छन् ।

काबेली विकास बैंक, रिडी हाइड्रोपावर, र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ४ प्रतिशतले बढेको छ भने कुमारी विकास बैंक, युनाइटेड इन्स्योरेन्स, देवः विकास बैंक र विजया लघुवित्तका शेयरधनीहरुले ३ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

यता लक्ष्मी इक्वीटी फण्डका इकाईधनीहरुले सबैभन्दा धेरै ७.४४ प्रतिशतले गुमाएका छन् । यस्तै लक्ष्मी लघुवित्तको शेयरमूल्य ४.३७ प्रतिशत, मिथिला लघुवित्तको ३.८४, स्वादेशी लघुवित्तको ३.७५ र नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य ३.७० प्रतिशतले घटेको छ ।

यसैगरी कन्काई विकास बैंक, सिभिल लघुवित्त, युनाईटेड मोदी हाइड्रोपावर, ङादी ग्रुप पावर र कालिका लघुवित्तको शेयरधनीहरुले २ प्रतिशतभन्दा बढीले गुमाएका छन् । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।