नेपाल इन्भेष्टमेण्ट बैंकले प्रस्ताव गर्यो लाभांश, बोनस र नगद कति ?

Dec 09, 2018 Merolagani

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठके आफ्ना शेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई ४० प्रतिशत प्रतिफल दिने गर्ने प्रस्ताव गरेको हो । जसमा १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद लाभांश बितरणको प्रस्ताव भएको ।

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल प्रस्ताव गर्ने १२ औं वाणिज्य बैंक बनेको छ ।

अहिले बैंकको चुक्ता पूँजी १० अर्ब ६४ करोड ५६ लाख रुपैंया छ । प्रस्तावित बोनस बितरण प्रश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ५६ करोड १८ लाख रुपैंया पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विबरण अनुसार :

निक्षेप एक खर्ब ४१ अर्ब,कर्जा लगानी एक खर्ब २४ अर्ब

नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार इन्भेष्टमेन्ट बैंकको निक्षेप संकलन चालू आवको प्रथम त्रैमास अवधिसम्म एक खर्ब ४१ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । बैंकले एक खर्ब २४ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा बैंकले ७.५२ प्रतिशत अर्थात ९ अर्ब ८७ करोड रुपैयाँले निक्षेप र कर्जा परिचालनतर्फ १७.२९ प्रतिशत १८ अर्ब ३६ करोड ५८ लाख रुपैयाँले विस्तार गरेको छ ।

चुक्ता पूँँजी १० अर्ब ६४ करोड, जगेडा कोष १५ अर्ब ७९ करोड

गत आर्थिक वर्षको प्रथम त्रैमासमा १० अर्ब ६२ करोड ६४ लाखबाट चुक्ता पूँँजी १० अर्ब ६४ करोड ५६ लाख पुर्याएको बैंकको जगेडा कोषको आकार नै ८ अर्ब ९७ करोड ६४ लाखबाट १५ अर्ब ७९ करोड ४१ लाख रुपैयाँ नाघेको छ ।

बैंकको चूक्ता पूँजी एक करोड ९१ लाख रुपैयाँले बढाएको बैंकको जगेडा कोषको आकार ६ अर्ब ८१ करोड ७७ लाखले बढाएको हो । प्रतिशतका आधारमा यो ७५.९५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

खुद नाफा र फ्रि प्रोफिट एक अर्ब पाँच करोड

बैंकले विहीबार प्रकाशन गरेको एनएफआरएस प्रणाली प्रतिवेदन अनुसार खुद नाफा र फ्रि प्रोफिट दुबै एक अर्ब पाँच करोड ४६ लाख रुपैयाँ आर्जन गरेको उल्लेख छ ।

चालू आवको तीन महिना अवधिमा आर्जन गरेको यो नाफा गत आवको यसै अवधिको तुलनामा १५ करोड ९६ लाख अर्थात १७.८४ प्रतिशतले बढी हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार नियामकिय व्यवस्था अन्तर्गतको रकम छुट्याउन नपर्दा बैंकको खुद नाफा र वितरण योग्य नाफा (फ्रि प्रोफिट) समान रहेको छ ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ । 

खुद ब्याज आम्दानी एक अर्ब ५९ करोड

एनएफआरएस अनुसार बैंकले खुद ब्याज आम्दानीबाटै एक अर्ब ५९ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा बैंकले ३ अर्ब ७५ करोड १६ लाख ब्याज आम्दानी गरेर २ अर्ब १५ करोड ७९ लाख ब्याज खर्च गरेको हो ।

गत आर्थिक वर्षको तीन महिना अवधिमा बैंकको खुद ब्याज आम्दानी एक अर्ब ३२ करोड ५८ लाख रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद व्याज अाम्दानी २६ करोड ७८ लाख रुपैयाँले वृद्धि भएको छ ।

प्रतिशेयर आम्दानी बार्षिक ३९ रुपैयाँ ६३ पैसा

एस डेभलपमेन्ट बैंकलाई आफूमा विलय गराएको बैंकले चुक्ता पूँजी बढेसँगै प्रतिशेयर आम्दानी ह्रास हुन्छ भन्ने मान्यतालाई समेत गलत नै सावित गरेको छ ।

निजी क्षेत्रको सबैभन्दा धेरै चुक्ता पूँजी रहेर पनि बैंकले प्रतिशेयर आम्दानी बार्षिक ३९ रुपैयाँ ६३ पैसा कायम गरेको छ । गत वर्ष यसै अवधिमा बैंकको इपिएस ३३ रुपैयाँ ६९ पैसा कायम भएको थियो ।

बैंकले १७.८४ प्रतिशतले नाफा बढाएर प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९४ पैसा बढाएको हो । बैंकको मूल्य आम्दानी अनुपात १६.३० प्रतिशत रहेको छ ।

निक्षेप लागत ६.२७, आधार ब्याजदर ९.०३ प्रतिशत

वित्तीय बजारमा तरलताको चरम संकटको अवस्था सिर्जना हुँदा समेत बैंकको आधार ब्याजदर र निक्षेप संकलन लागतमा धेरै वृद्धि भएको छैन ।

गत आवको प्रथम त्रैमासमा बैंकको आधार ब्याजदर ८.९१ प्रतिशतबाट ९.०३मा बढेको छ भने निक्षेप लागत ६.०८ बाट ६.२७ प्रतिशतमा बढेको छ ।

बैंकको खराब कर्जा अनुपात भने व्यवसायको आकार बढ्दै गर्दा केही बढेको छ । यो अनुपात गत वर्ष यसै अवधिमा १.०४ रहेकोमा १.२१ प्रतिशत पुगेको छ ।

यसअवधिमा बैंकको कर्जा निक्षेप अनुपात बढेर ७७.४५ प्रतिशत छ ।

पूँजी बढेको अनुपातमा प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सक्नु, जगेडा कोषको आकार थप मजबुत बनाउँदै लग्नु, निक्षेप संकलन र कर्जा विस्तार बढाउँदै लैजानुले बैंकको प्रगतिले शेयरधनीलाई उत्साहित बनाउन सक्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।