एशियन लाइफ इन्स्यारेन्सले माग्याे ६०% हकप्रद  बेच्ने अनुमति

Dec 10, 2018 Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले नियामक निकाय धितोपत्र बोर्डमा ६० प्रतिशत हकप्रद  बेच्ने अनुमति माग गरेकाे छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद अनुमतिका लागि बोर्डमा निवेदन दिएको हाे ।

कम्पनीले मङ्सिर १९ गते निवेदन दिएको बोर्डले जनाएको छ । एशियनले चुक्ता पूँजीको दश बराबर ६ कित्ता (१:०.६) को अनुपातमा एक सय रुपैयाँ अंकित दरमा ७५ लाख ४० हजार ३५२ .७३ कित्ता हकप्रद निष्काशनको अनुमति मागेको हो । 

इन्स्योरेन्सको गत जेठ १९ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले ४ प्रतिशत बोनस पश्चात कायम हुने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो । हकप्रद निष्काशनका लागि कम्पनीले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

एक अर्ब २५ करोड ६७ लाख २५ हजार ४५५ रुपैयाँ चुक्ता पूँजी रहेको एशियनले चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमासमा कम्पनीले एक करोड ६९ लाख ४४ हजार खुद नाफा कमाएर प्रतिशेयर आम्दानी पाँच रुपैयाँ ३९ पैसा कायम गरेको छ ।

यो हकप्रद निष्काशन तथा बाँडफाँड पश्चात जीबन बीमा कम्पनीहरुलाई बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी दुई अर्ब नाघ्नेछ । हकप्रद पछि कम्पनीको पूँजी दुई अर्ब एक करोड सात लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।