कैलाश विकास बैंक पनि मर्जर तथा एक्वीजिशनको बाटोमा

Dec 10, 2018 Merolagani

विकास बैंकहरु एकपछि अर्को गर्दै वाणिज्य बैंकमा विलिन भैरहेको अवस्थामा कैलाश विकास बैंक (KBBL) पनि मर्जर तथा एकवीजिशनमा सामेल हुने भएको छ। बैंकले पुस २२ गते आह्वान गरेको २५ औं वार्षिक साधारण सभामा सो प्रस्ताव गरिएको छ ।

आफूलाई अब्बल रुपमा खडा गराएका राष्ट्रिय स्तरका विकास बैंकहरु नै धमाधम वाणिज्य बैंकमा विलिन हुने क्रमले विकास बैंकले भोग्नु परेको वित्तीय संकट र समस्यालाई उजागर गर्दछ ।

पाेखरालार्इ अाधारक्षेत्र बनाएर बैंकिङ्ग सेवा प्रवाह गरिरहेकाे राष्ट्रिय स्तरकाे अाेम डेभलपमेन्ट बैंक प्राइम कमर्सियल बैंकमा विलिन हुने सम्झाैता गरि प्रकृयामा रहेकाे छ । अर्को विकास बैंकगरिमाको असोज २६ गते सम्पन्न बाह्रौं बार्षिक साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्दै गत आर्थिक बर्षको नाफाबाट प्रस्ताव गरेको १३.७५ प्रतिशत लाभांश पारित गरिसकेको छ। 

कैलाशले पनि मर्जर तथा एक्वीजिसनलार्इ प्राथमिकतामा राख्दै  पुस २२ गते अमृत भोग पार्टी प्यालेस कालिका स्थानमा बिहान १०.३० बजे वार्षिक साधारण सभा आह्वान गरेको छ । मङ्सिर २० गते बसेको सञ्चालक समितिको बैठकले साे सभा डाकेकाे हाे ।

सभाको विशेष प्रस्तावहरुमा कैलाश विकास बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने संस्था पहिचान, सम्झौतापत्रमा हस्ताक्षर, दायित्व तथा मूल्याङ्कनकर्ता नियुक्ति र पारिश्रमिक निर्धारण, लगायतका आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

यसका साथै बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १७ प्रतिशत (४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ) नगद लाभांश अनुमोदन गर्ने र आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्ताव पारित हुनेछ ।

नगद लाभांश तथा साधारण सभा प्रयोजनको लागि बैंकले पुस ६ गतेदेखि २२ गतेसम्म शेयर धनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसअनुसार पुस ५ गतेसम्म शेयरधनी कायम रहनेले मात्र लाभांश पाउनेछन् ।

दुई अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कैलाशले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०३ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।