अर्थ र सेबोनको आश्वासनले नेप्सेमा सुधार, एनआईबिको लाभाशंमा आर्कषण

Dec 10, 2018 Merolagani

शेयर बजारका लगानीकर्ताले पूर्ण अनलाइन कारोबार प्रणाली मार्फत कारोबार सुरुवात गरेको दिनदेखि बढ्न थालेको शेयर बजार लगातार दोस्रो दिन पनि दोहोरो अंकले बढेको छ । लगानीकर्ता आन्दोलनरत रहदै गर्दा अर्थमन्त्रालय तथा सेबेनले बजार सुधारमा चासो व्यक्त गरेपछि लगानीकर्ता आशावादी बनेका हुन् ।

साथै इन्भेष्टमेन्ट बैंकले आर्कषक लाभांश घोषणा गरेकाले पनि बजार सुध्रर्न सहयोग पुगेको देखिन्छ । शेयर बजारका लगानीकर्ताले बजार सुधार र विस्तारको माग राखेर आन्दोलन थालेपछि अर्थमन्त्रालय मुद्रा र पूँजी बजारको समस्या समाधान गर्न गठित समितिले काम थालेको जानकारी गराएको थियो । त्यस्तै धितोपत्र बोर्डले समेत विज्ञप्ति जारी गर्दै बजारमा लगानी गर्न अनुकुल समय रहेको उल्लेख गरेको थियो ।

अनलाइन कारोबारको थालनी अर्थमन्त्रालय तथा धितोपत्र बोर्डले बजार सुधारको काम अगाडि बढाउन आवश्वस्त पार्ने विज्ञप्ति जारी गरेकोपछि लगानीकर्ताको आत्मबल बढेको देखिन्छ । साथै बजार न्यून विन्दुमा पुगेको बेला शेयर किन्ने उपयुक्त मौका कुरेर बसेका लगानीकर्ता बजार प्रवेश गर्दा यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो ।

सोमबार नेप्से १२.४९ अंकले बढेर ११४४.१९ अंकमा उक्लिएको छ। यसदिन १६३ कम्पनीका १२ लाख ६४ हजार कित्ता शेयर ४३ करोड ६७ लाख रुपैयाँमा बराबरमा किनबेच भए । कारोबार रकम आइतबारको तुलनामा २१ करोड बढी हो । आइतबार २२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएका दश उप सूचकमध्ये आठ वटा सकारात्मक रह्यो भने दुई सूचकमा गिरावट आएको छ । यस दिन उत्पादन र अन्य बाहेका सबै समूह सकारात्मक रहेका छन् ।

 आज इन्भेष्टमेन्ट बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ५ करोड ४८लाख रुपैयाँको बराबरको कारोबार भएको हो । १८ प्रतिशत बोनसको साथमा २२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको बैंकको शेयरमा लगानीकर्ताको आर्कषण देखिएको हो ।

सोमबार रैराङ हाइड्रोको शेयरमूल्य सबैभन्दा बढी ७.७७ प्रतिशतले बढेको छ भने महिला सहयात्रा माइक्रोफाइनान्सको सबैभन्दा धेरै ६ प्रतिशत बढीले घटेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।