अनशन र सुझाब संकलनमा जुट्दै लगानीकर्ता, कार्यदलको बैठक भोली

Dec 10, 2018 Merolagani

पूँजी बजारको बिकास र बिस्तारका लागि शेयर लगानीकर्ताको एक समूहले रिले अनसन जारी राखिरहेको बेला शेयर बजारका संगठित अन्य संघ संस्था भने सरकारले गठन गरेको कार्यदलमा बुझाउने सुझाव संकलनमा जुटेका छन् ।

नेपाल इन्भेष्टर फोरम र पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधिहरुले सोमवार धितोपत्र बोर्डका पदाधिकारीहरुसँग छलफल गरेका छन । साथै उनीहरुले अर्थमन्त्रालयले गठन गरेको मुद्रा र पूँजी बजारको समस्या अध्ययन गर्न गठित समितिलाई बुझाउने सुझाबहरु समेत संकलन गर्न बैठकमा समेत जुटेका छन् ।

कार्यदलमा लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गर्नुहुने इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले सबै सरोकारवालाहरुसँगको छलफलवाट आएको सुझाब कार्यदलको मंगलबार बस्ने बैठक प्रस्तुत गरिने जानकारी दिए । पौडेलले आफ्नो फेसवुक पेजमा समेत कार्यदलका लागि सल्लाह र सुझाव दिन लगानीकर्तासँग अनुरोध गरेका छन् ।

 

लगानीकर्ताको अर्बै पूँजी डुबिरहँदा पनि पूँजी बजारलाई कुनै महत्व नदिएको आरोप लागेपछि सरकारले गत हप्ता पूँजी बजारको बिकास र विस्तारका लागि सात दिनभित्र प्रतिबेदन पेश गर्न डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो । कार्यदललाई प्रतिबेदन बुझाउन ७ दिनको समय दिइएको छ ।

पूँजीबजार खस्कनुमा सिमित लगानीकर्ताको चलखेल मुख्य कारण मान्दै पूँजी बजारमा अर्वौ क्षति हुँदापनि वास्ता नगरेका अर्थमन्त्री युवराज खतिवडाले आफनै राजीनामाको माग राख्दै लगानीकर्ताहरु अनसन बस्न थालेपछि कार्यदल बनाउन बाध्य भएको टिप्पणी हुने गरेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।