सञ्चालक समितिको बैठकले बाेनसमा लाग्ने कर वापतकाे नगद लाभांश प्रस्ताव नगरेकाले शेयरधनी अाफैँले बाेनसमा लाग्ने कर तिर्नुपर्नेछ ।
कम्पनी निर्माण गरिरहेको आठ मेगावाट क्षमताको अप्पर नौगाड साना जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।
कम्पनीले आगामी चैत १५ गतेदेखि विद्युत् उत्पादन शुरु गर्ने तयारी गरेको कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले जानकारी दिए ।
आयोजनाबाट उत्पादित विद्युत् बलाँच सवस्टेशनमा जोडिनेछ । अपि पावर कम्पनीले निर्माण गरेको सो आयोजनामा नेपाल एसबिआइ बैंक र प्रभु बैंक लिमिटेडको संयुक्त लगानी रहेको छ । कम्पनीले यसअघि आठ दशमलव पाँच मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।
कम्पनीले यो आयोजना निर्माणपश्चात् ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण शुरु गर्ने तयारी गरेको जनाएको छ । यस्तै कम्पनीले १४ मेगावाट क्षमताका सोलार आयोजनाको निर्माण शुरु गरेको छ ।