अनलाइन अनलाइन भनेर मरिहत्ते गर्ने लगानीकर्ता नै प्रक्रिया बारे अनभिज्ञ

Dec 10, 2018 Merolagani

शेयर कारोबारमा अनलाइन प्रणाली तुरुन्त चाहियो भनेर मरिहत्ते गर्ने अधिकांश लगानीकर्ता नै अनलाइन कारोबार कसरी गर्ने भन्ने अनभिज्ञतामा रहेको पाइएको छ । ब्रोकर कार्यालयमै पुगेर नियमित शेयर किनबेच गर्ने लगानीकर्तालाई समेत अनलाइन कारोबार संञ्चालनको प्रक्रिया थाहा नहुनु दुख लाग्दो बिषय हो ।

सोमबार मरोलगानीले राजधानीमा रहेका केही ब्रोकर कार्यालयहरु पुगेर शेयर लगानीकर्ताहरुसँग साक्षात्कार गर्दा अधिकांश लगानीकर्तालाई अनलाइन कारोबार प्रणालीमा कसरी सहभागि हुने जानकारी नै नभएको भेटिएको हो ।

हुनत नेप्सेले पटक पटक ब्रोकर र लगानीकर्तालाई अनलाइन कारोबारका बिषयमा तालिमहरु पनि दिदै आएको थियो । अनलाइन सुरु गर्नु अगाडि नेप्सेले मोक ट्रेडिङ समेत सञ्चालन गरेको थियो । तर पनि नियमित कारोबारमा संलग्न हुने अधिकाश लगानीकर्तालाई अनलाइन कारोबारको प्रक्रिया नै थाहा नहुनु सरोकारवालका लागि लाजमर्दो बिषय बनेको छ ।

राजधानीका विभिन्न स्थानमा रहेका ब्रोकर कार्यालयमा उपस्थित भएका धेरैजसो लगानीकर्ताले अनलाइन अगाडि ब्रोकरसँग गरिने सम्झौता पत्र बारेमा आफुहरुलाई कुनै जानकारी नभएको मरोलगानीलाई बताए ।

अनलाइन छिटो चाहियो, युजरनेम र पासवर्ड तुरुन्त दिनुपर्यो भनेर नेप्से घेराउ र आन्दोलनमा उत्रिएका लगानीकर्ताका नेता र केही सिमित लगानीकर्ता बाहेकलाई अनलाइन प्रणालीबारे थाह नहुनुले नियामक निकाय, ब्रोकर र लगानीकर्ताका नेताले अभिमुखिकरणमा ध्यान नदिएको प्रष्ट देखिन्छ ।

 

के भन्छन् लगानीतकर्ता ?

अनलाइन सेक्यूरिटिजमा भेटिएका ज्वाला गौतम भन्छन्, जबसम्म अनलाइन मार्फत बैंक इन्टिग्रेट हुदैन तबसम्म त्यो पूर्ण अनलाइन हुदैन । बैंक र ब्रोकरका बीचमा प्रोक्सी खाता नभएसम्म त्यो अनलाइन होइन । हाल सञ्चालनमा आएको प्रणाली मार्फत कारोबार गर्नु नै छैन भने किन सम्झौता पढ्नु ?

अनलाइन प्रणालीमा प्रष्ट नभएको र हाललाई पुरानै शैली मार्फत पनि कारोबार हुने हुदाँ केही दिनको बजारको अवस्था हेरेर मात्र अनलाइन मार्फत कारोबार गर्न यूजर नेम र पासवर्ड लिने सुन्धारा सेक्यूरिटिजमा भेटिएका विनय श्रेष्ठ बताउँछन् ।

हाल ब्रोकरले चलाइरहेको अनलाइन प्रणालीमा  दिनदिनै फरक फरक समस्या देखिएको छ । यस्तो समस्या भएको प्रणालीमा विश्वास नभएको कारणले अनलाइन प्रणालीमा यूजरनेम र पासवर्ड लिन इच्छुक नभएको अर्की लगानीकर्ता रेणुका भट्टराई बताउँछिन् ।

नेप्सेले बनाएको सम्झौतापत्र लगानीकर्ताभन्दा पनि ब्रोकर अनुकुल मात्र भएका कारण आफू अनलाइन प्रणालीमा जान इच्छुक नभएको बताउँछन् एक लगानीकर्ता ।

यूजरनेम र पासवर्डका बारेमा के भन्छन् ब्रोकर?

सोमबार दिउँसो अनलाइन प्रणालीको बारेमा काठमाडौंका विभिन्न ब्रोकरहरुमा मेरो लगानी जानकारी लिन पुगेको छ । यस क्रममा सुन्धारास्थित सुन्धारा सेक्यूरिटी र पुतलीसडकको अनलाइन सेक्यूरिटिजका प्रमुखसँग अनलाइन प्रणालीमा लगानीकर्ताले देखाएको बारेमा कुरा गरिएको छ ।

लगानीकर्ताले यूजरनेम र पासवर्ड लिन चासो देखाएको अनलाइन सेक्यूरिटिजका प्रमुख अनन्त कुमार पौड्यालले बताए । लगानीकर्ताका लागि अनलाइन प्रणाली सुरु भएको दोस्रो दिन २४ जना लगानीकर्ताले केवाइसी फाराम भरेर सम्झौतापत्रमा हस्ताक्षर गरी यूजरनेम र पासवर्डका लागि आवेदन दिएको उनले मेरो लगानीलाई जानकारी गराए । तर हाल आवेदन गरेका लगानीकर्ताले यूजरनेम र पासवर्ड लिनका लागि भने केही दिन पर्खनु्पर्ने पौड्यालकाे भनार्इ छ ।

हाल ब्रोकरहरुले चलाइराखेको प्रणालीमा देखा परेको समस्या समाधान हुन कठिन छ र दिन दिनै नयाँ समस्याहरु देखा परेको सुन्धारा सेक्यूरिटीका प्रमुख फडिन्द्र ढकालले बताए । उक्त प्रणालीमा समस्या देखिन छाडेपछि मात्र लगानीकर्तालाई यूजरनेम र पासवर्ड वितरण गर्ने ढकालकाे भनार्इ छ । ढकाल भन्छन्, हालसम्म पनि अनलाइन प्रणालीमा देखिएको समस्याको बारेमा ब्रोकहरुको कमेन्टको प्रक्रिया नै समाधान भएको छैन भने लगानीकर्तालाई यूजरनेम र पासवर्ड दिनु खासै प्रभावकारी हुदैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।