राष्ट्र बैंकले रिस्क वेटेज १०० मा झार्यो, शेयर धितोकर्जाको सीमा ६५ प्रतिशत, अरु के-के भयो ?

Dec 26, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले पूँजी बजार सुधारका लागि ७ क्षेत्रमा नयाँ व्यवस्था गरेको छ । शेयर धितो कर्जाको सीमा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत बनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ को अधिकार प्रयोग गर्दै बैंकले यस्तो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको नाममा सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गर्न भनेको हो । वाणिज्य बैंकहरुलाई शेयर दलालको काम गर्नका लागि नयाँ व्यवस्था गरेको बैंकले रिस्क वेटेज १०० प्रतिशत कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

मार्जिन कल गर्दा मूल्य समायोजन भए लगत्तै हकप्रद तथा बोनस शेयरलाई पनि गणना गर्ने व्यस्था गरेको केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक पूँजीको ४० प्रतिशतसम्म शेयर कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ ।

आधार दर गणनामा नयाँ व्यवस्था गरेको बैंकले यस अघिको आधार दर निर्धारण सम्बन्धि कार्यविधि २०६९ को बुँदा नम्बर २.५ लाई खारेज गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुलाई लागू हुनेगरि जारी गरेको सर्कुलरको पूर्ण पाठ यहाँ हेर्नुहोस्


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।