राष्ट्र बैंकले पाँच अर्बको रिपो जारी गर्ने

Jan 19, 2019 Merolagani

नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोलमा बिक्री गर्ने भएको छ । बैंकले एक सूचना मार्फत यही माघ ६ गते बोलकबोलमार्फत एक हप्ता अवधिको लागि रिपो बिक्री गर्न लागेको हो ।

उक्त रिपो यही माघ १३ गतेसम्मका लागि अर्थात् सात दिनका लागि मात्रै उपलब्ध गराइनेछ । बैंकले ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियामा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

उक्त रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थालहरुले दिउँसो २ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा परेको बोलकबोलबाट भारित औषतमा व्याजदर निर्धारण गरिने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जानकारी दिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।