धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

Jan 19, 2019 RSS

वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने शुक्रबार एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले आफ्नो विवरण सार्वजनिक गरेका छन् ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नयाँ प्रणाली (एनएफआरएस) अवलम्बन गरेर वित्तीय विवरण सार्वजनिक गर्न थालिएको बैंकले जनाएका छन् । शुक्रबार प्रकाशित विवरणअनुसार एभरेष्ट बैंकले गत पुस मसान्तसम्म एक अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकको गत वर्षको सोही अवधिमा एक अर्ब २२ करोड नाफा गरेको थियो । गत पुस मसान्तसम्ममा बैंकले एक खर्ब २४ अर्ब रुपैयाँ निक्षेप सङकलन गरी एक खर्ब पाँच अर्ब रुपैयाँ बराबरको ऋण लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अुनपात ७६ दशमलव २३ प्रतिशत रहेको छ ।

यस्तै माछापुच्छ्रे बैंकले शुक्रबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा ६२ प्रतिशत नाफा कमाएको उल्लेख छ ।

गत पुस मसान्तसम्म ७८ करोड १३ लाख बराबरको नाफा गरेको गरेको बैंकले अघिल्लो आवको सोही अवधिमा ४८ करोड ५७ लाख नाफा गरेको थियो । बैंकले ८५ अर्ब १७ करोड निक्षेप सङ्कलन गरी रु ७४ अर्ब ६५ करोड ऋण लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७ दशमलव ६४ प्रतिशत रहेको छ ।

यस्तै एनआइसी एशिया बैंकले चालू आर्थिक वर्षको ६ महीनामा १६४ प्रतिशत बढीले नाफा कमाएको छ । बैंकले गत पुस मसान्तसम्ममा एक अर्ब ५१ करोड नाफा गरेको छ ।

गत वर्षको सोही अवधिमा बैंकले ५७ करोड मात्रै नाफा गरेको थियो । बैंकले सो अवधिमा निक्षेप सङ्कलन ४६ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ४८ प्रतिशतले बढाएको छ । बैंकले गत पुस मसान्तसम्म एक खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी एक खर्ब ४९ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।