सूचीकरणको सातामा नै अपर तामाकोशी उच्च बजार पूँजीकरण हुने दश कम्पनीभित्र समेटियाे

Jan 19, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा शेयर सूचीकरण गराएको सातामा नै अपर तामाकोशी हाइड्रोपावर (UPPER) नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये उच्च बजार पूँजीकरण हुने दश कम्पनीभित्र समेटिएको छ। कारोबार खुलेदेखि नै शेयरमूल्यमा सर्किट ब्रेक लाग्दा कम्पनी उच्च पूँजीकरण हुने कम्पनीमा समेटिन सफल भएकाे हो ।

अपर तामाकोशीको नेप्सेमा पुस २९ गते आइतबारदेखि शेयर कारोबार सुरु भएको थियो । कारोबार सुरु भएको दिनमा नै उच्च रेञ्जमा कारोबार भएको यस कम्पनीको शेयर कारोबार सोमबार दश प्रतिशतभन्दा बढी मूल्यमा कारोबार भएकाले कारोबार रद्ध भएको थियो । त्यसपछिका दिनमा पनि कम्पनीको शेयरमा सर्र्किट लागेर कारोबार हुँदा अन्तिम दिन बिहीबार ३११ रुपैयाँमा कारोबार बन्द भएको छ । 

तामाकोशीको १० करोड ५९ लाख कित्ता शेयर पुस २६ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो ।

यस सात बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । यस्तै दोस्रोमा स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक, नबील बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, स्ट्याण्डर्ड चार्टड बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र दशौं नम्बरमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ ।

सबैभन्दा धेरै बजार पूँजीकरण रहेको नेपाल टेलिकमको बजार पूँजीकरण एक खर्ब ९ अर्ब ९५ करोड रहेको छ दोस्रोमा स्थानमा रहेको इन्भेस्टमेन्ट बैंकको ६८ अर्ब २१ करोड ६ लाख रहेको छ ।

तेस्रो स्थानमा रहेको नबिलको बजार पूँजीकरण ६७ अर्ब ८४ करोड ५८ लाख रहेको छ । यस्तै नेपाल लाइफ ४९ अर्ब २४ करोड ५६ लाख, स्ट्याण्र्डड चार्टड बैंक ४७ अर्ब १८ करोड ७३ लाख, एभरेष्ट बैंक ४२ अर्ब ५४ करोड २३ लाख र हिमालयन बैंकको ३८ अर्ब ७६ करोड ७१ लाख बराबरको बजार पूँजीकरण रहेको छ ।

यस्तै एनआइसी एशिया बैंक ३४ अर्ब ९८ करोड ३५ लाख, नेपाल एसबिआई बैंकको ३२ अर्ब ९५ करोड २० लाख र दशौं ठूलो पूँजीकरण रहेको अपर तामाकोशीको बजार पूँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख रहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।