नेप्से सूचक ६.९३ अंकले बढ्यो, नेपाल बैंकको उच्च कारोबार

Jan 19, 2019 Merolagani

धितोपत्र बजारमा यस साता कारोबार मापक नेप्से परिसूचक ६.९३ अंकले वृद्धि भएको छ। आइतबार ११८०.८४अंकमा खुलेको सूचक साताको अन्तिम दिन ११८७.७७ बिन्दुमा बन्द भएको हो। यस्तै नेपाल बैंकलाइ राष्ट्र बैंकले लाभांश नबाँडी रेगुलेटरी रिजर्भमा नाफा राख्न निर्देशन दिएपछि शेयरमूल्य घटेर सातामा उच्च कारोबार भएको छ।

यस साता नेपाल बैंकको २९ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार हुन पुगेको छ भने शेयरमूल्य २९३ मा झरेकाे छ । दोस्रो ठूलो कारोबार भएको नागरिक लगानी कोषको २३ करोड ९ लाखको शेयर खरिद बिक्री भयो । 

तीन दिन घट्दा दुइ दिन मात्र सूचक बढ्यो

साताका पाँच कारोबार दिनमा तीन दिन परिसूचक घटेकोे थियो भने दुई दिन बढेको छ। आइतबार५.७९ अंकले घटेको नेप्से सोमबार २.९८ अंकले बढेको थियो । मंगलबार १७.५१ अंकले बढेको सूचक बुधबार फेरि ७.५७ अंकले घट्न पुग्यो । साताको अन्तिम दिन बिहीबार सूचक ०.२० अंकले ऋणात्मक रह्यो ।
समग्रमा भने सूचक ६.९३ अंकले वृद्धि भएको छ ।

कारोबार १५ करोड ९६ लाख रुपैयाँले सुधारियो

नेप्से परिसूचक बढेसँगै यस साता कारोबार रकममा १५ करोड ९६ लाख रुपैयाँले सुधार आएको छ। गत हप्ताको तुलनामा यस हप्ता नेप्से परिसूचक बढेसँगै कारोबार रकम ९.४३ प्रतिशतले सुधारिएको हो ।
यस साता स्टकमा एक अर्ब ८५ करोड २० लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएका छन्। गत हप्ता एक अर्ब ६९ करोड २३ लाख ९० हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।

समूहगत परिसूचकको कारोबार यस्तो देखियो उतारचढाव

यस साता बैंकिङ्ग, होटल र संस्थापक शेयर कारोबार घटेको छ । व्यापार समूहमा कारोबार उल्लेख्य बढेको छ ।गत हप्ताको तुलनामा यो हप्ता व्यापार समूहमाको कारोबार २९५५ प्रतिशतले बढेको छ । गत साता ९० हजारको कारोबार भएको यस समूहमा यस साता २७ लाख ५० हजार बराबरको कारोबार भएको हो ।

नागरिक लगानी कोषको कारोबारले अन्य समूह पनि २४४ प्रतिशतले वृद्धि भई २५ करोड १९ लाख ४० हजारको कारोबार भएको छ ।

 

गत हप्ताको तुलनामा यस हप्ता फाइनान्स समूहको कारोबार रकम ४२.८० प्रतिशतले बढेको छ । लघुवित्त ४१.७६ प्रतिशत, जलविद्युत ४०.८९, विकास बैंक २६.९५, जीवन बीमा २२.६२, निर्जीबन बीमा २१.८२ र उत्पादन तथा प्रशोधन समूहको कारोबार रकम ११.५२ प्रतिशतले बढेको छ ।

होटल समूहको कारोबारमा कारोबार रकम सबैभन्दा धेरै ५४.२०, संस्थापक शेयर २९.९१ र बैंकिङ्गको समूहको कारोबार रकम १५.२१ प्रतिशतले घटेको छ ।

गत हप्ताको तुलनामा यो हप्ता बजार पूँजीकरण २.५२ प्रतिशतले बढेको छ । गत साता १४ खर्ब १२ अर्ब ९८ करोड रुपैयाँ रहेको बजार पूँजीकरण १४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँमा बढेको हो ।

कारोबारमा वाणिज्य बैंकको वर्चश्व कायमै, नेपाल बैंकको उच्च कारोबार

यस साता पनि उत्कष्ट काराेबार हुने दश कम्पनीमा पाँच वाणिज्य बैंककाे उच्च काराेबार हुँदै वचश्व कायम नै राखेकाे छ ।नेपाल बैंकको यस साता उच्च कारोबार भएको छ । बैंकको १५ लाख ५८ हजार कित्ता शेयर २९ करोड ५८ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् ।

त्यस्तै दोस्रो ठूलो कारोबार भएको नागरिक लगानी कोषको २३ करोड ९ लाखको कारोबार भएको छ । एनआईसी एशिया बैंक ८ करोड १ लाख, छिमेक लघुवित्त ५ करोड ८० लाख, नेपाल लाईफ ५ करोड ५२ लाख, माछापुच्छ्रे बैंक ५ करोड १२ लाख, प्रिमियर इन्स्योरेन्स ३ करोड ८३ लाख, साना किसान लघुवित्त ३ कारेड ७९ लाख, बैंक अफ काठमाण्डू ३ करोड ५२ लाख र दशौं ठूलो कारोबार भएको प्रभु बैंकको ३ करोड ४७ लाख रुपैयाँ बराबरको धितोपत्र खरिद बिक्री भएको छ ।

कारोबार भएको शेयरसंख्याको आधारमा भने अपर तामाकोशीको सबैभन्दा धेरै २६ लाख १९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । नेपाल बैंक १५ लाख ५८ हजार र नागरिक लगानी कोषको १३ लाख ३२ हजार कित्ता शेयर कारोबार भयो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।