इन्भेष्टमेन्ट बैंक सहित तीन कम्पनीले वितरण गरे लाभांश, डिम्याट खाता अद्यावधिक गर्न आग्रह

Jan 22, 2019 Merolagani

साधारण सभा सकेका कम्पनीहरुले धमाधम लाभांश वितरण गर्न थालेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक, गण्डकी विकास बैंक र सिर्जना फाइनान्सले लाभांश वितरण गरेको सूचना सार्वजनिक गरेका हुन् ।

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) को पुस २९ गते सम्पन्न २२ औं वार्षिक साधारण सभावाट पारित भएको २२ प्रतिशत नगद लाभांश पुस २६ गते सम्म डिम्याट खातासंगै अद्यावधिक गरिएको बैंक खातामा पठाएको छ ।

डिम्याट खाता भएको तर बैंक खाता अद्यावधिक नभएको शेयरधनीहरुलाई बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ । अद्यावधिक गराएको बैंक खातामा क्रमश लाभांश जम्मा गरिने बैंकले जनाएको छ ।

यस्तै हालसम्म डिम्याट खाता नभएका शेयरधनहरुलाई डिम्याट खाता खोलि आइपिएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा आवद्धता हुन आग्रह गरेको छ ।

गण्डकी विकास बैंक (GDBL) को पुस २६ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट पारित लाभांश शेयरधनीहरुलाई वितरण गरेको छ । बैंकले पुस १० गते सम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक भएका शेयरधनीहरुलाई १४.२० प्रतिशत करसहित नगद लाभांश बैक खातामा जम्मा गरेको जनाएको छ ।

पुस १० गते पछि बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुलाई नगद लाभांस बैंक खातामा जम्मा गरिने बताएको छ ।

यस्तै हाल सम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई डिम्याट गराएर हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गरेको खातामा नगद लाभांश जम्मा हुने जनाएको छ ।

यसैगरी सिर्जंना फाइनान्स (SFFIL) ले पनि नगद लाभांश वितरण गरेको छ । फाइनान्सको पुस २८ गते सम्पन्न १८ औं वार्षिक सुाधारण सभाले ९.५० प्रतिशत नगद लाभांश पारित गरेको थियो । नगद लाभांश डिम्याट खातामा उल्लेख भएको बैंक तथा वित्तीय संस्थाको खातामा जम्मा गरिएको फाइनान्सले जनाएको छ । 

शेयर डिम्याट गर्न बाँकी रहेको शेयरधनीहरुलाई निक्षेप सदस्यकोमा डिम्याट खाता खोल्न र बैंक खाता आवद्ध गर्न आग्रह गरेको छ । त्यस पछि डिम्याटसंग अद्यावधिक भएको बैंक खातामा लाभांश पाठाउने फाइनान्सले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।