बैंक अफ काठमाण्डूको २५ प्रतिशत लाभांश पारित

Feb 01, 2019 Merolagani

बैंक अफ काठमाण्डूको २४ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट २०७५ असारसम्ममा कायम शेयर पूँजीको १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हाे ।

सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले समितिको प्रतिवेदन पारित गर्दै नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सिङ रिर्पोटिङ्ग स्ट्याण्डर्ड बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

यस्तै सभाले यस्तै बैंकले सहायक कम्पनी मार्फत धितोपत्र व्यवसायी शेयर ब्रोकर सम्बन्धी कार्य गर्न बैंकको प्रबन्धपत्र संसोधन गर्ने सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।

बैंकले साधारण सभा प्रयोजनको लागि बैंकले पुस ३० गते बुकक्लोज गरेकाले बैंकको लाभांश पुस २९ गते आइतबार सम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् ।

हाल ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २९ पैसा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।