जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क ५ करोड १५ लाख, नाफा कति?

Feb 15, 2019 Merolagani

जनरल इन्स्योरेन्स कम्पनी (GIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा ५ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। चालू आवको तीन महिना अवधिमा एक करोड ४७ लाख खुद बीमाशुल्क संकलन गरेको थियो।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन आयबाट एक करोड ३२ लाख, लगानी, कर्जा तथा अन्य आयबाट एक करोड ७२ लाख गरी जम्मा ८ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा कम्पनीले खुद दाबी भुक्तानी १२ लाख १४ हजार, अभिकर्ता कमिशन २१ लाख ४ हजार, खुद सेवा शुल्क ५ लाख १५ हजार र व्यवस्थापनको खर्च बापत ३ करोड ५ लाख गरि कूल ७ करोड ९९ लाख रुपैयाँ खर्च गरेको गरेको छ ।

पुस मसान्तसम्म कम्पनीको खुद नाफा एक करोड २९ लाख पुगेका छ। यस अवधिमा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ आम्दानी गरि एक करोड ७ लाख खर्च गरेको हो ।चालू आवको प्रथम त्रैमासमा ५२ लाख ३६ हजार रहेको थियो ।

७० करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा एक करोड ५२ लाख, बीमा कोषमा एक करोड ६९ लाख र महा विपत्ती जगेडामा १६ लाख ९३ हजार रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले ८ हजार ९८० वटा बीमालेख जारी गरी १० अर्ब ८१ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । ४० वटा दाबी वापत कम्पनीले १७ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४२ वटा दाबी वावापत परेको ७४ करोड ३४ लाख भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ६० पैसा र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २१२ रुपैयाँ ७० पैसा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।