तथ्याङ्कमा नयाँ जीवन बीमा कम्पनी: खुद बीमाशुल्कमा युनियनले लिड गर्दा खुद नाफामा रिलायवलको अग्रता

Feb 17, 2019 Merolagani

- अरुण पाख्रेन।
नयाँ जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ३ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्। माघ २७ गते देखि व्यवसयिक कारोबार सुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स बाहेक बाँकी ९ नयाँ कम्पनीले सो रकम बराबरको खुद बीमा शुल्क संकलन गरेका हुन्।

खुद बीमा शुल्कमा युनियन लाइफ लिडिङ्ग, ३०.५१% हिस्सा ओगट्न सफल

नयाँ जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेका चालू आर्थिक वर्षको वित्तीय विवरण अनुसार युनियन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै एक अर्ब २ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । ९ बीमा कम्पनीले संकलन गरेको कूल ३ अर्ब ३६ करोड खुद बीमा शुल्कमध्ये कम्पनीको एउटैको योगदान ३०.५१ प्रतिशत छ । युनियन लाइफले २०७४ असोज ६ गतेदेखि व्यवसायिक कारोबार सुरु गरेको थियो ।

यस्तै खुद बीमा शुल्क आर्जनको आधारमा युनियनपछि रिलायवल लाइफ इन्स्योरेन्स रहेको छ । रिलायवलले यस अवधिमा ४९ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यस्तै सिटिजन लाइफले ४० करोड १० लाख रुपैयाँ, सन् नेपाल लाइफले ३३ करोड २८ लाख, ज्योति लाइफले ३० करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

यसैगरी आइएमई लाइफले २७ करोड ३६ लाख, रिलायन्स लाइफले २० करोड ९३ लाख र सानिमा लाइफले १६ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ।

उता प्रभु लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन रकम सबैभन्दा कम रहेको छ । गत मंसिर २८ गते देखि व्यवसायिक कारोबार सुरुवात गरेको प्रभु लाइफ इन्स्योरेन्सले यस अवधिमा १४ करोड ८७ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको छ।

रिलायवल लाइफको खुद नाफा १० करोड नजिक

खुद बीमा संकलनमका युनियन लाईफभन्दा पछाडि परेको रिलायवल लाइफ इन्स्योरेन्स खुद नाफामा भने सबैभन्दा अग्र स्थानमा रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सबैभन्दा धेरै ९ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

४९ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको रिलायवलले लगानी कर्जा तथा अन्य आयवाट २ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको हो।

सिटिजन लाइफ इन्स्योरेन्सले ७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सले पाि साढे ६ करोड बढी खुद नाफा आर्जन गरेको छ । यसैगरी ज्योति लाइफ र आइएमई लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि ६ करोड भन्दा बढी नाफा आर्जन गरेका छन्।

सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गरेको युनियन लाइफले ६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। युनियनले लगानी कर्जा तथा अन्य आयबाट ५ करोड ४० लाख रुपैयाँ र बीमालेख धितोमा ७ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेर ३७ लाख ९३ हजार रुपैयाँ आम्दानी गरेको हो।

यस्तै सानिमा लाइफ इन्स्योरेन्सले ले ४ करोड ८९ लाख रुपैयाँ, प्रभु लाइफले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यस अवधिमा रिलायन्स लाइफ नेपालको सबैभन्दा कम २ करोड ४१ लाख रुपैयाँ खुद नाफा छ।

जीवन बीमा कोषमा पनि युनियन लाइफ अब्बल

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा युनियन लाईफ धेरै सूचाङ्कमा अगाडि छ । कम्पनीको खुद बीमाशुल्क आर्जनमा मात्र हैन जीवन बीमा कोष पनि अब्बल छ । सबैभन्दा धेरै खुद बीमा शुल्क संकलन गरेको जीवन बीमा कोषलाई पनि अन्य नयाँ ८ लाईफ इन्स्योरेन्सको तुलनामा मजबुत बनाएको छ।

अन्य नयाँ ८ लाईफ इन्स्योरेन्सहरुके १५ देखि ३५ करोडको हाराहारीमा मात्र जीवन बीमा कोषको आकार रहेकोमा युनियन लाईफको भनेृ करिब एक अर्ब अर्थात ९५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा कम्पनीले एक अर्ब २ करोड बीमा शुल्क संकलन गर्दै अग्र स्थानमा छ । कम्पनीको जगेडा कोषमा भने कम्पनी रिलायबल लाईफ, ज्योति लाईफ, र सिटिजन लाईफभन्दा पछाडि १४ करोड ८१ लाख रुपैयाँ मात्र सञ्चित छ।

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै रिलायवल लाइफ इन्स्योरेन्सको जगेडा कोष बलियो देखिएको छ। खुद नाफा आम्दानीमा शिर्ष स्थानमा रहेको कम्पनीले जगेडा कोषमा २७ करोड ३४ लाख रुपैयाँ सञ्चित गरेको छ । यस्तै उसको जीवन बीमा कोषमा २८ करोड १३ लाख रुपैयाँ सञ्चित छ।

ज्योति लाईफ, सिटिजन लाईफ, सन नेपाल, आइएमई, युनियन, सानिमा र रिलायन्स लाइफको जगेडा कोष १० करोड रुपैयाँ भन्दा बढी छ। प्रभु लाइफको जगेडा कोषको आकार सबैभन्दा कमजोर ६ करोड ३० लाख रुपैयाँ मात्रै छ।

यस्तै सन नेपाल, आइएमई लाइफ र ज्योति लाइफको जीवन बीमा कोषमा ३० करोड भन्दा बढी सञ्चित छ भने रिलायबल र सिटिजन लाईफको २८ करोड बढी छ । प्रभु लाईफले करिब साढे १७ करोडको जीवन बीमा कायम गर्दा रिलायन्स लाईफको साढे १५ करोड बढी सञ्चित छ।

सानिमा लाइफको जीवन बीमा कोषमा सबै भन्दा कम १४ लाख ३२ हजार रुपैयाँ सञ्चित छ।

कसको कति छ चुक्ता पूँजी ?

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीके सबैभन्दा धेरै एक अर्ब ७५ बकरोड रुपैयाँ रहेको छ। ज्योति लाईफको एक अर्ब ५४ करोड र रिलायन्स लाईफको एक अर्ब ४७ करोड रुपैयाँ रहेको छ।

रिलायबल,सन नेपाल, आईएमई लाईफ,सानिमा र प्रभु लाईफ इन्स्योरेन्सको समान एक अर्ब ४० करोड रुपैयाँ रहेको छ।

सानिमा लाइफमा दाबी नै परेन, रिलायवल लाइफको ४ करोड भुक्तानी

सानिमा लाइफ इन्स्योरेन्सले कारोबार सुरु गरेको एक वर्ष भन्दा बढी भैसकेको छ तर वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा कम्पनीमा कुनै दाबी भुक्तानी गरेको छैन।

सञ्चालनमा आएका प्राय: नयाँ  जीबन बीमा कम्पनीले दाबी बापत परेकाे भुक्तानी गरेको भएपनि यस अवधिमा सानिमा लाइफमा भने दाबी नआएको वित्तीय विवरणमा उल्लेख छ।

नयाँ ९ जीबन बीमा कम्पनीमध्ये दाबी सबैभन्दा धेरै भुक्तानी गर्ने रिलायवल लाइफ नै अघि देखिन्छ । यस अवधिमा कम्पनीले ४ करोड ३२ लाख रुपैयाँ भुक्तानी गरेको छ।

यस अवधिमा युनियन लाइफले ३ करोड ५९ लाख, आइएमई लाइफले २ करोड २८ लाख, सिटिजन लाइफले १ करोड ८६ लाख भुक्तानी गरेको छ ।

यस्तै रिलायन्स लाइफले ६४ लाख २६ हजार, प्रभु लाइफले ५० लाख, सन नेपाल लाइफले २१ लाख १३ हजार र ज्योति लाइफले १९ लाख ३२ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ।

यस अवधिमा सबै भन्दा धेरै दाबी भुक्तानी गर्ने रिलायवल लाइफ र प्रभु लाइफले मात्रै दाबी भुक्तानी गर्न बाँकी रहेको देखाएको छ। रिलायवलले १७ लाख रुपैयाँ र प्रभुले ७ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी देखिएको छ। अन्य कुनै पनि कम्पनीले दाबी भुक्तानी बाँकी राखेको छैन।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।