साउदी अरेबियाद्धारा पाकिस्तानसँग २० अर्ब डलरको सम्झौता घोषणा

Feb 18, 2019 Merolagani

दुई दिने पाकिस्तानको भ्रमणमा रहेका साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौताको घोषणा गरेका छन् । उक्त सम्झौतामा ग्वादरको नजिकैको एउटा तेल तेल प्रशोधन केन्द्रमा ८ अर्ब डलरको लगानी पनि शामिल रहेको छ ।

साउदी प्रिन्स सलमानले पाकिस्तानको भविष्य उज्वल रहेको बताए । उनले भने, ‘गत वर्ष पाकिस्तानले पाँच प्रतिशतको दरले आर्थिक प्रगति र्गयो र हालको नेतृत्वमा पाकिस्तानको भविष्य एकदमै सुनौलो रहेका छ ।’

त्यसैले आफूले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौता गरें जुन पाकिस्तानमा साउदीको लगानीको पहिलो कदम रहेको सलमानले बताए ।

साउदी क्राउन प्रिन्सलाई स्वागत गर्न पाकिस्तानका प्रधानमन्त्री इमरान खान र सेना प्रमुख कमर जावेद बावजा एयरपोर्ट गएका थिए ।

इमरान खानले साउदी राजकुमारलाई आफ्नो कारमा बसाएर प्रधानमन्त्री निवासमा लगेका थिए । कार प्रधानमन्त्री स्वयमले नै चलाएका थिए ।

इमरान खानले भने, '२५ लाख पाकिस्तानी नागरिक साउदी अरबमा काम गर्दछन् । उनीहरु आफ्नो घरपरिवारलाई छाडेर मिहेनत मजदुरी गर्नका लागि साउदी अरब जान्छन् र लामो समयसम्म परिवारका सदस्यबाट टाढा हुन्छन् । यी मजदुरहरु मेरो मनमा छन् । मजदुरी गर्नेहरुसँग धेरै प्रकारका समस्याहरु हुन्छन् । त्यसैले साउदी राजकुमारले उनीहरुका समस्याको ख्याल गर्नुहोला ।' 

पाकिस्तानी जनताले साउदी राजकुमारको भ्रमणलाई ऐतिहासिक मानेका छन् र उनीहरुले साउदी अरबबाट आर्थिक सहयोग पाउने आशा पनि राखेका छन् ।

मोहम्मद बिन सलमान सन् २०१७ अप्रिल महिनामा साउदी अरबको राजकुमार बनेका थिए । राजकुमार बनेपछि उनको यो पहिलो पाकिस्तान भ्रमण हो । भ्रमणको क्रममा अर्बाै डलरको व्यापारिक र गैरव्यापारिक सम्झौता हुने अनुमान छ । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।