बैंकलाई ब्रोकर लाइसेन्स अब रोकिँदैन: बोर्ड अध्यक्ष कार्की

Feb 19, 2019 Merolagani

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर काकीले बैंकलाई ब्रोकर लाइसेन्स दिने कानुनी रुपमा प्रकृया अघि बढिसकेको भन्दै अब कुनै पनि हालतमा बैंकलाई ब्रोकर लाइसेन्स दिन नरोकिने बताएका छन्। संघीय संसदको अर्थ समितिले मंगलबार पुँजी बजारसम्बन्धी छलफलका लागि सरोकारवालाहरु सबैलाई बोलाएको बैठकमा ब्रोकरका अगाडि नै कार्कीले सो कुरा बताएका हुन्।

बैंकसँग प्रतिस्पर्धा गर्न डराएर ब्रोकरहरुले बैंकलाई ब्रोकर लाइसेन्सकाे विरोध गरेको उनले आरोप थियो।

पहिला २३ वटा ब्रोकर हुँदा २७ वटा ब्रोकर आफैँले थपेको भन्दै अध्यक्ष कार्कीले बैंकलाई पनि सहायक कम्पनी खोलेर सेयर ब्रोकरको कारोबार गर्न दिने व्यवस्था गर्दा ब्रोकरहरुले आफुलाई पुँजी बजार विरोधी देखाउने प्रयास गरेकाे बताए । माथिल्लो निकायबाट आफुलाइ निकै दबाब आएपनि आफु आफ्नो निर्णयमा अडिग रहेको उनकाे भनाइ थियाे। 

ब्रोकर अध्यक्ष रानाभाटतर्फ इकिंत गर्दै कार्कीले आफुले यसअघि थपेका २७ ब्रोकर कम्पनीहरु नै अहिले बैंकलाई ब्रोकर लाइसेन्स वितरणको धेरै विरोध गर्दै हिडेको बताए। 

पूँजी बजारमा काठमाडौं मात्रै सीमित छैन, डिजिटलाइजेसन ठूलो उपलब्धी 

समिति बैठकमा कार्कीले पूँजी बजारमा काठमाडौं मात्रै सीमित नभएर देशका अन्य स्थानमा विस्तार भइरहेको बताएका छन् ।

उनले बैंकलाई ब्रोकर लाइसेन्स वितरण गरेपछि ७५३ स्थानीय तहबाटै शेयर कारोबार गर्न सकिने उनले बताए। पूँजी बजारको विकासका लागि डेरिभेटिभ मार्केटको विकास गर्नुपर्ने अपरिहार्यता रहेको उनले दर्शाएका छन्। आर्थिक विकासका लागि पूँजी बजारको विकास अपरिहार्य रहेको उनको भनाई थियो।

अर्काे प्रसङ्गमा उनले पूँजी बजार सुधारको लागि बोर्ड गरेको कामहरु लगानीकर्ताहरुले नदेखेको आरोप उनले लगाए ।

अनलाइन कारोबार प्रणलीमा देखिएको समस्या प्रति बोर्ड गम्भिर बताउँदै कार्कीले भित्रि कारोबार (इन्साइडर ट्रेडिङ्ग) रोक्नका लागि बोर्डले कार्यविधि तयार पारिसकेको र केही हप्ताभित्रै सार्वजानिक गर्ने तयारी गरिएको उल्लेख गरे। बैशाख १ गतेदेखि दोस्रो बजारमा प्यान लागू गर्ने विषयमा आन्तरिक राजस्व विभागसँग छलफल गर्न लागिएको उनको भनाई थियो ।

उनले भने, 'बोर्डले बजार विकासका लागि आईपिओलाई डिजिटलाइजेसन गर्ने कार्य ठूलो उपलब्धी हो। सरकार र बोर्डले गरेको काम लगानीकर्ताले नदेख्ने तर गाली गर्न पाउदाँ आफू ठूलो नेता भएको ठान्छन्।'

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।