सोमबार साँझ राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेपछि फर्किएको बजारमा वाणिज्य बैंकहरुको शेयरमा अधिक कारोबार चाप देखिएको छ ।
मंगलबार वाणिज्य बैंक समुह १४.६९ अंकले उकालो लागेको अवस्थामा वाणिज्य बैंकहरुको शेयर मूल्य, प्रतिशेयर आम्दानी, मुल्य आम्दानी अनुपात, चुक्ता पूँजी, जगेडा कोष, कमाई, नेटवर्थ लगायतका सूचकलाई एक साथ प्रस्तुत गरिएको छ ।
मंगलबारको बजारमा २८७ रुपैंया प्रतिकित्ता शेयरमूल्य रहेको नेपाल बैंक अधिकांश सूचकहरुमा अगाडि छ। यद्यपी गत आर्थिक वर्षको कमाईबाट बैंकले कुनै पनि किसिमको लाभांश वितरण नगर्ने भएकाले लगानीकर्ता खासै उत्साहित बनेको देखिँदैन ।
बजारमा सबैभन्दा सस्तो अर्थात १५२ रुपैयाँ प्रतिकित्ताको दरमा शेयर कारोबार भएको सिभिल बैंक अधिकांश सूचकहरु अरु बैंककोभन्दा कमजोर देखिएको छ ।
सूचीमा परेका प्रभु बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, जनता, माछापुच्छ्रे, लक्ष्मी, सनराइज, ग्लोबल आईएमई, सिटिजन्स, मेगा, सिद्धार्थ, सानिमा सेञ्चुरी, कुमारी र बैंक अफ काठमाण्डूको विभिन्न सूचक यस्तो देखिन्छ ।
तथ्याङ्कहरु चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण तथा मंगलबारको शेयर कारोबारका आधारमा तयार पारिएको हाे। मूल्यआम्दानी अनुपात फागुन ७ गते मंगलबारको मंगलबार बजार बन्द भए पछिको अन्तिम शेयर मूल्यका आधारमा निकालिएको छ।