‘महिन्द्रा उदय’मा एक्सयूभी ३०० र मराजो शोकेस गरिने

Feb 20, 2019 Merolagani

फागुन १० गतेदेखि १२ गतेसम्म अायाेजना हुने तीन दिन ‘महिन्द्रा उदय’ नामबाट एकल अटो प्रदर्शनीमा महिन्द्राका नेपाली बजारमा उपलब्ध भएका ३० भन्दा बढी उत्पादनलाई एउटै छानामुनि शोकेस हुने भएकाे छ ।

उक्त मेला महिन्द्राका लागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयूक्तरुपमा गर्न लागेको हो । 

उक्त लाइफस्टाइल एन्ड अटो शोमा हामीले महिन्द्राका चर्चित दुई नयाँ गाडी शोकेस हुनेछ। उक्त मेलामा फागुन २ गते भारतीय बजारमा सार्वजनिक भएको महिन्द्राको पहिलो कम्प्याक एसयूभी र केही महिना अगाडिदेखि भारतीय बजारमा उपलब्ध एमपीभी मराजो प्रदर्शन गरिने छ ।

यी दुबै गाडी नेपाली बजारमा समेत धेरै जानकारी मागिएको हुँदा हामीले यसलाई महिन्द्रा उदय मेलामा शोकेस गर्न लागेका हौं ।

एक्सयूभी ३००  भारतीय बजारमा सार्वजनिक हुनुअघि बाटै निकै चर्चामा रहेको यो कम्प्याक एसयूभी हो । महिन्द्राको नयाँ प्लाटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० को धेरै जस्तो डिजाइन एक्सयूभी–५०० फेसलिफ्टबाट प्रभावित रहेको छ ।

सुरक्षाको लागि एयरव्याग, एबीएस, चारै चक्कामा डिस्क ब्रेक, इबीडी, इएसपी, ट्रयाक्सन कन्ट्रोल, इन्जिन इमोविलाईजर, सेन्ट्रल लकिङ सिस्टम, पावर डोर लक, ओआरभीएममा ट्रन इन्डिकेटर, साइड एयरव्याग, ब्रेक एसिस्ट, हिल एसिस्ट, कर्नरिङ लाईट, रियर वाईपर र रेन सेन्सीङ वाईपर जस्ता फिचर दिइएको छ ।

यो एसयूभीको लम्बाई ४५८५ एमएम, चौडाई १८९० एमएम, उचाई १७८५ एमएम र ह्वील बेस २७०० एमएम रहेको छ । यसमा बुट स्पेश ७०२ लिटर क्षमताको दिइएको छ भने, ग्राउन्ड क्लिएरेन्स २०० एमएम रहेको छ ।
यसको डियुल टोन ड्यासबोर्ड निकै आर्कषक रहेको छ भने, डियुल जोन क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, मनोरञ्जनको लागि इन्फोटेन्टमेन्ट सिस्टम, एयरकन्डिसन, हिटर, फ्रन्ट आर्मरेष्ट, रियर आर्मरेष्ट, सराउन्ड कुलिङ सिस्टम, स्टेरिङ माउन्टेड अडियो, किलेस इन्ट्री, पार्किङ सेन्सर जस्ता फिचर रहेका छन् ।

यो एसयूभी डिजेल र पेट्रोल दुबै अप्सनमा उपलब्ध हुनेछ भने दुबै अप्सनमा ४–४ भेरियन्ट रहेको छ । यसमा १.५ लिटर डिजेल र १.२ लिटर टर्बो इन्जिन दिइएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।