फागुन ७ गते मंगलबार बैंकका प्रमूख कार्यकारी अधिकृत नरेश सिंह बोहरा तथा मूख्य व्यवस्थापक हरिकृष्ण सुवेदीले संयुक्त रुपमा इनेवल नेपालका अध्यक्ष सूरेन्द्र श्रेष्ठलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले इनेवल नेपालद्धारा सञ्चालित कूहिना भन्दा तलको हात नभएका १६ वर्ष मूनीका वालवालिकाहरुलाई क्यानेडियन प्रविधिको थ्रिडी प्रिन्डेड हात निःशूल्क वितरण गर्ने पूनित कार्यक्रमलाई सहयोग पू¥याएको हो ।
यस किसिमको थ्रिडी प्रिन्टेड हातबााट बालबालिकाले व्यायाम गर्ने, समात्ने, बोक्ने, साईकल चलाउने लगायतका कार्यहरु गर्ने सक्ने इनेवल नेपालले जनाएको छ।
सहयोग रकम हस्तान्तरणपछि प्रमूख कार्यकारी अधिकृत श्री नरेश सिंह बोहराले लुम्बिनी विकास बैंकले मानवीय पूनित कार्यमा समर्पित यस किसिममा विभिन्न सामाजिक संघ संस्थाहरुलाई सहयोग गर्ने एवं बैंक आफैँ प्रत्यक्ष सहभागी भई सेवा पु¥याउने समेत बताए।