नेप्सेको कम्पनी वर्गिकरणमा दुई वाणिज्य बैंक समूह 'ए' मा अपग्रेड

Feb 20, 2019 Merolagani

नेप्सेको गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको सूचीकृत कम्पनी वर्गिकरणमा दुई वाणिज्यहरू बैंकहरू ग्लोबल आईएमई बैंक र इन्भेष्टमेन्ट बैंक समूह ए मा स्तरोन्नति भएका छन्। असन्तुष्ट कम्पनीहरुलाई नेप्सेले ए र बि वर्गमा पर्नुपर्ने कारण बुझाउन ३५ दिनको हदम्याद दिएको थियाे ।

चालु आवको दोस्रो त्रैमासमा सूचीकृत कम्पनीमध्ये दुई वाणिज्य बैंकहरु ग्लोबल आईएमई बैंक र इन्भेष्टमेन्ट बैंकको पेश गरेको कारण चित्तबुझ्दो भएपश्चात दुई बैंक समूह जि बाट ए मा अपग्रेड भएका हुन् ।

यसअघि पुस मसान्तमा नेप्सेको वर्गिकरणमा ए र बि वर्गमा परेका थिएनन्। दोस्रो त्रैमाससम्ममा नेप्सेले सूचीकृत २०२ कम्पनिहरुलाई वर्गिकरणमा समेटेको थियो।

राम्रा कम्पनीहरु मध्ये पनि अधिकांश कम्पनीहरुले क्रेडिट रेटिङ्ग नगरेका तथा गरेपनि नेप्सेमा सो विवरण पेश नगरेका कारण ए र वि वर्गमा कुनैपनि कम्पनी पर्न सकेका थिएनन्।

धितोपत्र बोर्डले गत साउन १ गतेदेखि धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ लागू गर्दै सूचीकृत कम्पनीहरुलाई ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने व्यवस्था गरेको थियो ।

अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्टिगत गरी संगठित संस्थाको चुक्ता पूँजी, प्रतिफल विवरण, वार्षिक साधारण सभाको समय, वित्तीय विवरण प्रकाशन, क्रेडिट रेटिङ्ग र निमायक निकायले तोकेको नियम परिपालनालाई हेरी चार वर्गमा वर्गिकरण गर्ने व्यवस्था रहेको छ ।

चालु आवको दोस्रो त्रैमासमा ए मा ग्लोबल र इन्भेष्टमेन्ट बैंक परेका छन् भने बि वर्गमा कुनै पनि कम्पनी परेका छैनन् । समूह जि मा २८ र जेड समूहमा १७२ कम्पनी वर्गिकरणको सूचीमा परेको नेप्सेले जनाएको छ । समूह जि मा कुनैपनि वाणिज्य बैंक वर्गिकरणमा परेका छैनन् भने सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीहरू १५ वटा र १२ लघुवित्त र एउटा मात्र विकास बैंक रहेको छ ।

नेप्सेले गरेको कम्पनी वर्गिकरणको सूची यहाँबाट हेर्नुहोस्

पहिलो त्रैमासमा नेप्सेमा सूचीकृत १९६ कम्पनीमध्ये समूह जी मा २२ वटा र समूह जेड मा १७४ वटा कम्पनी वर्गिकरणमा परेका थिए ।

लगानीकर्ताको दृष्टिकोणमा राम्रा मानिएका वाणिज्य बैंकहरू सहित धेरै कम्पनी वर्गिकरणको अन्तिम समूह जेड मा पर्नुले कम्पनीहरु नियम पालना गर्नुभन्दा उल्लङ्घनमा अभ्यस्त भएको पुष्टि हुन्छ। अर्कोतर्फ सूचीकृत संगठित संस्थाको वर्गिकरण अनुसार लगानीकर्ताले जोखिमको स्तर अनुमान गर्नसक्ने र सोही अनुसार कारोबारलाई सहजीकरण हुने बताइएपनि नेप्सेको वर्गिकरणकै आधारमा लगानी गर्ने स्थिति भने देखिँदैन ।

लामो समयसम्म कारोबार नभएका कम्पनी र शेयर बजारमा राम्रा मानिँदै आएका कम्पनीहरुलाई समेत एउटै समूहमा गरिएको वर्गिकरणबाट शेयर बजारका लगानीकर्ता भने अलमलमा पर्ने अवस्था देखिएको छ ।

कारोबार नभएका बुटवल स्पिनिङ मिल, गोरखकाली रबर उद्योग,ज्योति स्पिनिङ मिल्स, अरूण बनस्पति उद्योग, हरिसिद्दि टायल, भृकुटी पेपर, विराट सुज लयागतका कम्पनी र नियमित साधारण सभा गर्दै आएका वाणिज्य बैंक, बीमा, र लघुवित्त कम्पनीहरु पनि एउटै समूहमा वर्गिकरणमा पर्नुले लगानीकर्ता अन्योलमा पर्ने अवस्था सिर्जना भएको छ । यद्यपी जानकारहरू नेप्सेको वर्गिकरणले मात्र कम्पनीको स्तर मूल्याङ्कन गर्नु न्यायोचित नहुने बताउँछन् ।

ए र बि वर्गमा पर्न यस्ता चाहिन्छ मापदण्ड

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार वर्ग ए मा रहने संगठित संस्थाको कम्तीमा एक अर्ब चुक्ता पूँजी भई सञ्चालन भएको तीन वर्ष पूरा भएको, तीन वर्षदेखि नाफामा रहि लाभांश बाँडेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरेको हुनुपर्ने व्यवस्था रहेको छ। त्यस्तै नेप्सेमा सूचीकृत भएको कम्तीमा २ बर्ष पूरा भएको हुनुपर्छ ।

वर्ग ए जस्तै वि पनि तोकिएको प्रावधान पूरा भएको कम्पनी मात्र पर्ने गर्दछन् । वि वर्गमा पर्ने कम्पनीले ५० करोड चुक्ता पूँजी कायम गरेको, सूचीकृत भएको कम्तीमा तीन बर्ष भएको, विगत तीन वर्षमा दुई आर्थिक वर्ष नाफा गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट कम्तीमा औसत भन्दा एक तह मुनीको रेटिङ्ग प्राप्त गरेको र सञ्चित नोक्सानी नभई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ ९६० ग मा सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म जी वर्गमा राखिने उल्लेख छ । यसरी जी वर्गको वर्गिकरणमा पनि समावेश हुन नसक्ने कम्पनी जेड वर्गमा पर्नेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।