चिडियाखानालाई इन्भेष्टमेन्ट बैंकको ५० लाख सहयोग, शैक्षिक केन्द्र स्थापना गरिने

Feb 20, 2019 Merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले चिडियाखानामा शैक्षिक श्रव्यदृष्य केन्द्र स्थापना गर्न सहयोग गर्ने भएको छ । बैंकले प्राकृतिक संरक्षण कोषलाई ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’ स्थापन गर्न ५० लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।

चिडियाखानामा संरक्षण र सार्वजनिक शिक्षा, विशेषतः युवा पिढीका लागि सूचना केन्द्रको आवश्यकता रहेको भन्दै बैंकले सहयोग गरेको हो । बैंकको आर्थिक सहयोगले केन्द्रीय चिडियाखानामा आगन्तुकहरूको सिकाइका अनुभव र समग्र वन्यजन्तुको व्यवस्थापनमा सुधार गर्ने प्राकृतिक संरक्षण कोषले जनाएको छ ।

चिडियाखानाले अन्तक्र्रियात्मक सञ्चार विधि (इन्ट्रयाक्टिभ मिडिया), श्रव्य–दृष्य प्रणाली, जैविक तथ्यहरू (बायो फ्याक्ट्स), संरक्षित आखेटोपहार (नमुनाहरू) लगायतका विधिमा परिस्कृत गर्दै लाने जनाएको छ ।

फागुन ७ गते जावालाखेल स्थित चिडियाखानामा ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’को समुद्घाटन् भयोे । उक्त समारोहमा वन तथा वातावरण मन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले केन्द्रको उद्घाटन गरेका हुन् । यस्तै नेपालका लागि बेलायती राजदूत महामहिम रिचार्ड मोरिसले सर जोन च्यापलको प्रतिनिधित्व समेत रहेको थियो ।

बैंकले व्यावसायिक उत्तरदायित्व रणनीतिअन्तर्गत आफ्ना पहलहरूको पहुँचलाई विविधीकरण गर्नका लागि स्थानीय समुदायसँग सहकार्य गर्दै आएको छ

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।