राष्ट्र बैंकले जारी गर्यो हेजिङ नियमावली, कस्ता आयोजनाले पाउँछन सुविधा ?

Feb 20, 2019 Merolagani

नेपाल राष्ट्र बैंकले विदेशी ऋण लगानी हुने परियोजनाका लागि हेजिङ सुविधा उपलब्ध गराउन हेजिङ सम्बन्धी नियमावली २०७५ सार्वजनिक गरेको छ । यस्तो सुविधा लिन चाहाने परियोजनाले कानून बमोजिम विदेशी लगानी गर्ने र विदेशी मुद्रा ल्याउने सहमति गरेको हुनुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार विदेशी ऋण लगानी हुने परियोजनाका लागि नेपाल सरकारले हेजिङ सुविधा उपलब्ध गराउनेछ ।

एक सय मेगावाट वा त्यसभन्दा माथिका जलजिद्युत उत्पादन, २२० केभिएमाथिका तीस किलोमिटरमाथिका विद्युत प्रशारण लाइन, १० किलोमिटरभन्दा लामो रेल,मेट्रो तथा मोनो रेल मार्ग निमार्ण र सरकारले तोकेका परियोजनाहरुमा हेजिङ सुविधा उपलब्ध हुने छ।

हेजिङ सुविधा लिन चाहाने परियोजनाले प्रचालित संघिय कानून बमोजिम विदेशी लगानी स्वीकृत गराएको हुनु पर्ने व्यवस्था गरिएको छ । सो सुविधा लिन राष्ट्र बैंकले तोकेको अनुसार परियोजनाले निवेदन दिनसक्नेछन् ।

परियोजना कार्यन्वयनका लागि लगानीकर्ताले विदेशी ऋण लगानीगर्दा जुन विनिमय दरमा विदेशी बैंकमा जम्मा गरेको हो  सोही विनिमय दरमा सम्झौता बमोजिम लगानी फिर्ता लैजान पाउने व्यवस्था रहेको छ । यसले विनिमयदर स्थिर राख्नेछ । विनिमय दर परिर्वतनले आयोजनामा हुने जोखिम न्यूनिकरणका लागि सकारकारले हेजिङ नियमावली कार्यन्वयनमा ल्याएको हो । 

 

अर्थमन्त्रालयले विदेशी विनिमय दरको जोखिम, मुद्रा स्फिति जोखिम, परियोजनाको स्वपूँजी, ऋणको अंश, ऋणको भुक्तानी गर्नु पर्ने अवधि र परियोजनाको प्रकृतिसमेतको आधारमा परियोजनासँग सम्बन्धित मन्त्रालय, बैंक र लगानीकर्तासँग आपसी सहमतिमा हेजिङ शुल्क निर्धारण हुने छ। हेजिङको अवधि बढिमा १० बर्षको हुने छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।