शेयर बजारको वृद्धि टिकेन, नेप्सेमा दोहोरो अंकको गिरावट कारोबार पनि खुम्चियो

Feb 20, 2019 Merolagani


नेपाल राष्ट्र बैंकले तरलता सहज बनाई कर्जाको ब्याजदर घटाउने उपाय सहित मौद्रिक समिक्षा सार्वजनिक गरेको भोलिपल्ट २२ अंकले बढेको बजार बैंकर र व्यवासयीको असन्तुष्टि बाहिरीएपछि १२ अंकले ओरालो लागेको छ ।

ब्याजदर घट्ने संकेतले मंगलबार २२ अंकले उकालो लागेको बजार बुधबार बैकर्स संघको बैठकले राष्ट्र बैंकको कदमले बैंकहरु समस्यामा पर्ने र नाफा घट्ने निकस्र्ष निकालेपछि यसको नकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो ।

बुधबार नेप्से १२.७२ अंकले घटेरर १११२.२३ बिन्दुमा झरेको छ । यस दिन १६२ कम्पनीहरुका ५ लाख ८१ हजार १३८ कित्ता शेयर खरिद बिक्री भए भने १६ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भयो । यो मंगलबारको तुलनामा करिब ६ करोड रुपैयाँले कम हो । मंगलबार २१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका १० समुह मध्ये उत्पादन तथा प्रशोधन समुहको सूचक मात्रै बढेको छ । उत्पादन तथा प्रशोधनको ८.६९ अंकले बढेको छ । बाँकी ९ वटै समुहको सुचक ओलारो लागेका छन् ।

सबै भन्दा धेरै जीवन बीमा समुहको सूचक १६७.८३ अंकले घटेको छ । त्यस पछि निर्जीवन बीमा कम्पनीको १०५.५४ अंकले सकारात्मक भएको छ । यस्तै हाइड्रोपावर २०, माइक्रोफाइनान्स १९.३३, विकास बैंक १३.४२, वाणिज्य बैंक ८.७१, होटल ७.८३, अन्य ४.२७ र फाइनान्स ०.३१ अंकले ओरालो लागेका छन् ।

यस दिन कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघेको छैन् । अपर तामाकोशीको सबै भन्दा धेरै ९३ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नविल बैंकको संस्थापक ९० लाख र सर्वसाधारण शेयर ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

चौतारी लघुवित्त कम्पनीका शेयरधनीहरुले आजको कारोबारवाट सबै भन्दा धेरै बढी कमाएका छन् । चौतारीका शेयरधनीहरुले ९.८४ प्रतिशतले कमाएका हुन् । श्रीराम सुगर मिलको शेयर मूल्य ९.४० प्रतिशतले बढेको छ । यस्तै जेविल्स फाइनान्सको शेयरधनीहरुले आजको कारोबारबाट ३.०८ प्रतिशतले कमाएका छन् ।

पुर्णिमा विकास बैंक र सानिमा इक्युटी फण्डको इकाई मूल्य २ प्रतिशतले बढ्दा हिमालयन डिस्टीलरी, किसान माइक्रोफाइनान्स, एभरेष्ट इन्स्योरेन्स, सिन्धु विकास बैंक र कैलाश विकास बैंकको शेयरधनीहरुले १ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

यता नेपाल सेवा लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । लघुवित्तको शेयर मूल्य ५.३८ प्रतिशतले घटेको हो । यस्तै सामुदायिक लघुवित्त, नयाँ नेपाल लघुवित्तका शेयरधनीहरुले पनि ५ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

प्रभु इन्स्योरेन्स, मिर्मिरे लघुवित्त, सुर्या लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, कामना सेवा विकास बैंक, नगबेली लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।