डिजिटल वालेट खल्तीको ’स्मार्ट छोरी’ अभियान सुरु

Feb 20, 2019 Merolagani

दस हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तिय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले स्मार्ट छोरी अभियान सुरु गरेको छ । देशव्यापी रुपमा संचालित यस अभियानले किशोरी र महिलाहरुमाझ पुगेर उनीहरूको जीवन र समुदायमा परिवर्तन ल्याउने लक्ष्य खल्तीले लिएको छ ।

नेपालको सन्दर्भमा घरका अधिकांश निर्णयहरु पुरुष सदस्यले मात्रै लिने गरेको पाइन्छ । साथै, पुरुषको तुलनामा महिलामा बेरोजगारीको समस्या धेरै छ ।

डिजिटल शीपको अभाव नै उनीहरुको व्यवसायिक जीवन अगाडि नबढ्नुको एउटा अड्चनको रुपमा देखिएको छ । स्मार्ट छोरी अभियानले उनीहरुलाई बिभिन्न जीवन उपयोगी सीप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने विश्वास खल्तीको छ ।

स्मार्ट छोरी खल्ती एप भित्र संचालित एउटा ई–लर्निङ प्लाटफर्म हो । जहाँ सहभागिहरुले सुचना तथा सञ्चार प्रविधीको सहि सदुपयोग गर्न सिक्नुका साथै डिजिटल भुक्तानी, अनलाईन सुरक्षा र वित्त व्यबस्थापन लगायतका कुराहरु सिक्नेछन् ।

स्मार्टफोन बोक्ने र इन्टरनेटको पहुँचमा रहेका १५देखि ३५ वर्ष उमेर समूहका नेपाली किशोरी तथा महिलाहरु यो अभियानमा सामेल हुन सक्ने खल्तीले जनाएको छ ।

अभियानको घोषणा गर्दै ‘खल्ती’का निर्देशक तथा ’स्मार्ट छोरी’का संयोजक अमित अग्रवाल ले भने, 'पछिल्लो समयमा डिजिटल नेपाल र स्मार्ट सिटीका बारेमा धेरै चर्चा हुन थालेको छ । तर अधिकांशको ध्यान भौतिक पूर्वाधार विकास गर्नेतर्फ मात्रै छ । भौतिक पूर्वाधारको विकासले मात्रै डिजिटल नेपाल कदापि सम्भव छैन । यसका लागि डिजिटल साक्षर जनशक्ति र जनसहभागिता उत्तिकै आवश्यक पर्छ ।'

यो अभियानले नेपाल सरकारको स्मार्ट सिटि र डिजिटल नेपालको सपनालाई टेवा पुर्याउने अग्रवालको विश्वास छ ।

सबै इच्छुक दिदीबहिनीहरुलाई यस अभियानमा सामेल भई आफ्नो डिजिटल र वित्तीय क्षमता अभिवृद्धि गर्न र समुदायमा रोल मोडेल भई मानिसहरुको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन आह्वान गरिएको छ ।

१५ देखि ३५ वर्षसम्मका किशोरी तथा महिलाहरुले ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी उक्त एपको गृह पृष्ठमा दिइएको ‘स्मार्ट छोरी’ ब्यानरमा क्लिक गरी यो अभियानमा जोडिन सक्नेछन् । यो प्लाटफर्म महिला प्रयोगकर्ताहरुलाई मात्रै उपलब्ध छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।