मौद्रिक नीतिको समीक्षा मार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकको निर्देशन

Feb 20, 2019 Merolagani

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत गरेका नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । बुधबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै सिएसआर तथा पुनरकर्जा सम्बन्धीको संशोधीत व्यवस्था कार्यान्वयनमा ल्याउन भनेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व(सिएसआर) अन्गर्तत छुट्याएको रकम प्रतयेक प्रदेशमा न्यूनतम १० प्रतिशतका दरले खर्च गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकको निर्देशन अनुसार अब सबै प्रकारका बैंक तथा वित्तीय संस्थाहरुले आगामी आर्थिक बर्षको सुरुवादेखि थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्गर्तत छुट्याएको कम्तिमा दश प्रतिशत रकम एक प्रदेशमा अनिवार्य खर्च गर्नुपर्ने छ ।

त्यस्तै राष्ट्र बैंकले पुनरकर्जा सुविधा उपभोग गरिरहेका ऋणीहरुबाट ८ प्रतिशत भन्दा बढी ब्याजदरमा नलिन पनि निर्देशन दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत पाँच प्रतिशत ब्याजदरमा दिने पुनरकर्जालाई चार प्रतिशतमा झारेको थियो । साथै निर्यात पुनरकर्जाको ब्याजदर पनि ३ प्रतिशत भन्दा बढी नगर्न भनेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।