वाणिज्य बैंकका प्रादेशिक कार्यालयको सेवा शुल्क विवरण तीन दिनभित्र बुझाउन निर्देशन

Feb 20, 2019 Merolagani

राष्ट्र बैंकले वाणिज्य बैंकहरुका प्रादेशिक कार्यालहरुको विवरण माग गरेको छ । प्रादेशिक कार्यालयहरुले कर्जा प्रवाह गर्दा ग्राहकसंग लिने सबै प्रकारको सेवा शुल्कको विस्तृत विवरण तीन दिनभित्र पेश गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले प्रशासनिक शुल्क, प्रतिवद्धता शुल्क, कर्जा अग्रिम रुपमा भुक्तानी गर्दा अग्रिम भुक्तानी शुल्क लगायत सबै प्रकारको सेवा शुल्कको विस्तृत विवरण इमेलमा उपलब्ध गराउन भनेको छ ।

यस अघि राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २०७५ पुस मसान्त भित्र प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्न निर्देशन दिएको थियो । त्यस अवधिमा स्थापना भएको बैंकहरुसँग सेवा शुल्कको विवरण माग गरेको हो ।

मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षा मार्फत भने चालु आर्थिक वर्ष भित्र सबै वाणिज्य बैंकहरुलाई प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।