औद्योगिक नगरी बीरगञ्जका मेयर भन्छन्, कृषि व्यवसाय लाई प्रभावकारी बनाऊँ

Feb 20, 2019 Merolagani

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि व्यवसायलाइ अझ प्रभावकारी बनाउन कृषि बिउ व्यवसायीहरुलाई अनुरोध गरेका छन् । नेपाल बिउ व्यवसायी संघ प्रदेश नम्बर २ दोश्रो वार्षिक साधारण सभाको उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले यस्तो अनुरोध गरेका हुन् ।

सुहाउदो माटो, हावापानि अनुसार वीजले मात्र कृषकको अपेक्षा अनुसारको वाली उत्पादन हुने भएकोले त्यसै अनुसारको वीउ विक्रिले बिउ व्यवसाय क्षेत्र प्रभावकारी हुने उनको भनाई थियो ।

नगर प्रमुख सरावगीले नेपाल कृषि प्रधान मुलुक भएपनि राज्यको उदासिनताले यो क्षेत्र थलो पर्दै गएको बताउदै महानगर भित्रको कृषिलाई प्रभावकारी बनाउन कृषि कर्मचारी, विउ व्यवसायीसँग सहकार्य गर्न महानगरपालिका तयार रहेको बताएका थिए । कामका वक्ताहरुले मधेसको कृषिको अवस्था र बिउ व्यवसायको चुनौती बारेमा बोलेका थिए ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।