यी हुन् लगानी सम्मेलनका लागि छानिएका १८ वटा जलविद्युत आयोजना

Mar 20, 2019 merolagani

सरकारले लगानी सम्मेलनमा साढे ३० खर्बका ६३ आयोजनामा लगानीका लागि आह्वान गर्ने भएको छ । यही चैत १५ र १६ गते हुने सम्मेलनमा सरकारी र निजी क्षेत्रका ६३ आयोजना प्रस्तुत गरिने भएको छ । लगानी गर्न तयारी अवस्थामा सरकारका ४६ वटा र निजी क्षेत्रका १७ आयोजनालाई छानिएको छ ।

सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन् । जसमा ७ वटा जलविद्युत आयोजना लगानी बोर्ड र ११ वटा निजी क्षेत्रबाट प्रस्तावित आयोजना रहेका छन् । सरकारी क्षेत्रले ७ वटा परियोजनाका लागि ११ खर्ब १ अर्ब २४ करोड ?पैयाँ बराबरको लगानी गर्ने र निजी क्षेत्रले ११ वटा परियोजनाका लागि एक खर्ब ६२ अर्ब ?पैयाँ लगानीमा परियोजना अघि सार्ने योजना रहेको छ ।

बोर्ड मातहतमा रहेर लगानी भित्र्याउन लागिएका आयोजनामा तमोर, सुनकोशी–२ र सुनकोशी–३, उत्तरगंगा, फुकोट कर्णाली, पश्चिम सेती र एसआर सिक्स रहेका छन् ।
त्यस्तै निजी क्षेत्रबाट लगानी भित्र्याउन लागिएका प्रस्तावित जलविद्युत आयोजनाह?मा त्रिशुली गल्छी, माथिल्लो चमेलिया, मध्यकालिगण्डकी, इन्गवा खोला, म्याग्दी खोला, तल्लो वरूणखोला, कालिगण्डकी गर्ज, माथिल्लो बलेफी, माथिल्लो बलेफी ए, नाम्लान खोला, तारपखोला रहेका छन् ।

सरकारी आयोजनामध्ये सबैभन्दा धेरै लागत पश्चिम सेती जलविद्युत आयोजनाको लागत १.६२ खर्ब लाग्ने र निजी क्षेत्रबाट सबैभन्दा धेरै लागत नाम्लान खोलामा ३८.५० अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।
सरकारी परियोजना अन्तर्गतको सुनकोशी–२ को सबैभन्दा धेरै १ हजार १ सय १० मेगावाट उत्पादन क्षमता रहेको छ । जलविद्युत विकासमा सरकारले राखेको लक्ष्य पूरा गर्न सम्मेलन आयोजना गर्न लागिएको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।