नेप्से परिसरमा उडाईयो कालो बेलुन (भिडियाे)

Mar 25, 2019 Merolagani

शेयर लगानीकर्ता दवाब समुहले सुरु गर्याे रिले अनशन ।
आइतबार धितोपत्र बोर्डमा तालाबन्दी गरेका शेयर लगानीकर्ता दबाब समुहले सोमबार नेप्से परिसरमा कालो बेलुन उडाएर अनिश्चितकालिन रिले अनशन सुरु गरेका छन् । 

पूँजी बजार सुधार र विस्तारका लागि आफुहरुले राखेको ३२ बुँदे माग सुनुवाई नभएको भन्दै उनीहरुले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत अनशन सुरु गरेको बताएका छन् । 

पूँजी बजारको समस्या अध्ययन कार्यदलले बुझाएको ५८ बुँदा मध्ये धेरै बुँदा कार्यान्वयन नभएको तथा आफ्नो समूहले उठान गरेका ३२ बुँदे मागको कार्यान्वयनमा नियामक निकाय गैह्र जिम्मेवार बनेकाले आन्दोलन गर्नु परेको समूहले जनाएको छ ।

चैत १० गते धिताेपत्र बोर्डको कार्यालयमा दबाब समूहले गरेको तालाबन्दी करिब ३ घण्टा पछि सुरक्षाकर्मीले बल प्रयोग गरेर खुलाएको थियो । समूहले धितोपत्र बोर्डको कार्यक्रममा भएको प्रहरी हस्तक्षेपको पनि भर्त्सना गरेको छ ।

सेवाग्रही र सञ्चारकर्मीलाई नेप्से छिर्न रोक

नेपाल स्टस्क एक्चेन्जमा सेवाग्रही र सञ्चारकर्मीलाई भित्र छिर्न रोक लगाएको छ। शेयर लगानीकर्ता दबाब समुहले नेप्से परिसरमा धर्ना दिने भएपछि त्यस क्षेत्रमा परिचालित सुरक्षाकर्मीले सेवाग्रही तथा सञ्चारकर्मीलाई कार्यालय प्रवेशमा रोक लगाएको हो ।

नेप्से परिसरमा दवाब समुहले धर्ना दिने कार्यक्रम सर्वजानिक भएपछि प्रहरी निरिक्षकको कमाण्डमा नेपाल प्रहरी नेप्से हातामा परिचालन भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।